आइतबार १८ जेठ, २०८२
Sunday, June 01, 2025

धोबी खोलामा कार खस्यो

काठमाडौं - धोबी खोलामा कार खसेको छ । आइतबार साँझ अनामनगरस्थित मदन भण्डारी कलेज नजिक बा२१च ६६१४ नम्बरको कार सडकबाट खोलामा खसेको हो । 

दुर्घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिए ।