शनिबार १० जेठ, २०८२
Saturday, May 24, 2025

धरानमा कालोमोसो दल्ने ‘नो केबुलकार’ समूहका ८ जना विरुद्ध पक्राउ पुर्जी जारी

सांकेतिक फोटो

इटहरी - ‘नो केबुलकार समूह’का ८ जना विरुद्ध प्रकाउ पुर्जी जारी भएको छ ।

ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेका पदम चेन्जी माबोलाई धरानमा कालोमोसो दल्ने ८ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । 

उनीहरूलाई आपराधिक उपद्रो व्यवहार ऐन अन्तर्गत मुद्दा दर्ता गरिए लगत्तै सोमबार माबोले इलाका प्रहरी कार्यालय धरानमा आफूलाई कालो मोसो दल्ने ८ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । उजुरी लगत्तै प्रहरीले अभियुक्त ८ जना विरुद्ध जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जीको अनुमति लिएको छ।

कालोमोसो दल्ने कार्यमा संलग्न जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देन, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य अमर इजम, समाजवादी पार्टी धरानका सचिव सुमन चेम्जोङ, पहिचानवादी मोर्चाका नेता जेन्टल लावतीलगायत रहेका छन् ।

गत आइतबार मावो माथि पाथीभरा केबलकारको पक्षमा बोलेको भन्दै कालोमोसो दलेर माफी मगाइएको थियो ।