प्रकाशको परिवारलाई युवतीका आफन्तले आक्रमण गर्ने त्रास

काठमाडौँ : अन्तरजातीय विवाह गरेर २१ दिनसम्म लुकेर बसेका प्रकाश विश्वकर्मा र मालती रावलका परिवारबीच आपसी विवादको त्रास बढेको छ । शुक्रबार घर फर्किएपछि प्रकाशबाट जबर्जस्ती छुट्याएर युवतीका आफन्तले मालतीलाई लिएर गएका थिए ।
घर पुग्नेबित्तिकै सोधपुछ गर्ने बाहना बनाएर मालतीलाई उठाएर घरका परिवारले लिएपछि पनि युवकका आफन्तले आक्रमण गर्न सक्ने त्रासमा परेका हुन् । त्यसअघि पनि मालतीका आफन्तले प्रकाशलाई निरन्तर ज्यान मार्ने धम्की दिँदै आएका थिए । सोही कारण उनीहरुले भिडियो बनाएर ज्यान बचाउन सार्वजनिक रुपमा आग्रह गरेका थिए ।
सो भिडियो बाहिरिएपछि प्रकाश र मालतीको अन्तरजातीय विवाह र उनीहरुले पाएको पीडा सञ्चारमाध्यममा आएको थियो । त्यसपछि प्रहरीले समेत प्रकाश र मालतीका बारेमा निगरानी सुरु गरेको थियो ।
तर विवाह गरेपछि निरन्तर धम्की दिँदै आएका युवतीका आफन्तले छोरी लिएर गएपछि पनि धम्की दिन थालेका युवकका आफन्तका परिवारले बताएका छन् । ‘हाम्रो इज्जतमा हात हालेको भन्दै’ उनीहरुले प्रकाशलाई पिट्ने र प्रकाशका परिवारमाथि आक्रमण गर्ने जोखिम कायमै रहेको कैलालीका दलित अभियान्ता विजय विश्वकर्माले बताए ।
‘यसअघि फोन र फेसबुक मेसेन्जरबाट प्रकाशलाई धम्की आएको थियो’ उनले इकागजसँग भने, ‘अहिले परिवारका सदस्यलाई धम्की आउन थालेको छ । विभेदसँगै हाम्रो घरको इज्जतमाथि हात हालेको भन्दै धम्की आउन थालेको छ । प्रत्यक्ष नभएपनि अप्रत्यक्ष उनीहरुका आफन्तमार्फत धम्की आइरहेको छ ।’
प्रकाशका बुवा मुटुरोगी बिरामी भएकाले पनि त्रास झन् बढेको उनको भनाइ छ । उमेर नपुगेपनि विवाह गरेका प्रकाश र मालतीमाथि जातीय विभेद भएको भन्दै प्रहरीमा उजुरी दर्ता गर्ने अभियान्ताको तयारी छ । तर इलाका प्रहरी कार्यालय भजनीले जातीय विभेदको उजुरी दर्ता गर्न अस्वीकार गरेको छ ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया