अध्यादेशका विषयमा अनावश्यक विरोध नगर्न विपक्षी दललाई कांग्रेसको आग्रह

काठमाडौं - नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशका विषयमा अनावश्यक विरोध नगर्न विपक्षी दललाई आग्रह गरेको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले संसद नचलेका बेला अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार रहेको भन्दै अध्यादेशको विरोधका लागि विरोध नगर्न आग्रह गरेका हुन् । अध्यादेशलाई सधैँ विरोध गर्ने हो भने अध्यादेश ल्याउने संविधानमा भएको व्यवस्था हटाउन उनले सुझाव दिए ।
उनले अध्यादेश संसदबाट अघि बढेपछि मात्रै विधेयकको रूप दिने भन्दै संसद छलेर अध्यादेश ल्यायो भन्न नमिल्ने तर्क गरे । प्रतिपक्षीमा बस्दैमा सबै कुराको विरोध नै गर्नुपर्छ भन्ने नहुने उनको भनाइ छ । प्रमुख सचेतक घिमिरेले संविधान संशोधनको कुरा चलिरहेको भन्दै सहमतिमा नै संशोधन गर्नुपर्ने बताए ।
उनले भारतमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणमा सरकारले गरेको पहलका कारण सम्बन्धित व्यक्तिलाई पक्राउ गरि विद्यार्थीहरूलाई कजेलमा फर्काउने काम भएको बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया