कोशी अस्पतालमा 'पोष्ट अपरेटिभ वार्ड' सञ्चालन

मोरङ - कोशी अस्पताल विराटनगरमा आजदेखि पाँच शय्याको पोष्ट अपरेटिभ वार्ड सञ्चालनमा आएको छ ।
अस्पतालमा उपलब्ध स्रोत साधनको प्रयोग गरी भेन्टिलेटरसहितको वार्ड सञ्चालनमा ल्याइएको हो । शल्यक्रियापछि बिरामीलाई राख्न उक्त वार्ड सञ्चालनमा ल्याइएको हो । यसअघि शल्यक्रियापछि बिरामीलाई सघन उपचार कक्ष (आइसियु) तथा बिरामीको अवस्था हेरेर अन्य वार्डमा राख्ने गरिएको थियो ।
अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा रुना झाले वार्डको उद्घाटन गर्दै अस्पतालमा रहेको स्रोतको अधिकतम प्रयोग गरी बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु मुख्य उद्देश्य रहेको बताए । उनले अस्पतालमा हाल नसिङ जनशक्ति पर्याप्त रहेको र दैनिक आठ बिरामीको शल्यक्रिया गरिँदै आएको जानकारी दिए । अस्पतालमा स्वदेशी तथा भारतीय सीमा क्षेत्रका नागरिकले सेवा लिइरहेका छन् ।

तिम्ल्याहाले घरमै पाए नागरिकता

अवैध लागूऔषधसहित नौ जना पक्राउ

कोशी प्रदेशको पर्यटन प्रबर्धनका लागि देशका विभिन्न शहरमा रोड सो

झापामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु

भोजपुरको दावा बजारमा खानेपानीको पहुँच

मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन्

प्रतिक्रिया