‘सामाजिक सञ्जालमा भाइरल हुनुभन्दा प्रहरीमा आउनुपर्थ्यो’
कैलालीका एसपी अधिकारी भन्छन्, 'प्रकाश र मालती सुरक्षित छन्'

काठमाडौँ : अन्तरजातीय विवाह गरेर २१ दिनसम्म लुकेर बस्न बाध्य भजनीका प्रकाश विश्वकर्मा र अम्रावतीकी मालती रावललाई प्रहरीले सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले अन्तरजातीय विवाह गरेपछि असुरक्षित भएपछि घरबाट भागेका उनीहरु दुवै प्रहरीको सम्पर्कमा आएपछि सुरक्षित रहेको बताएका हुन् ।
उनले भिडियोमा भनेजस्तो आतंकित हुनुपर्ने, डराउनुपर्ने र युवतीका आफन्तले युवक तथा परिवारमाथि आक्रमण गर्ने कुनै खतरा नरहेको पनि स्पष्ट पारेका छन् ।
‘यो समस्या सुरुमै प्रहरीमा आउनुपथ्र्यो’ एसपी अधिकारीले इकागजसँग टेलिफोनमा भने, ‘भिडियो सार्वजनिक गरेपछि भाइरल भयो । तर अन्ततः प्रहरीमै आउनुपर्यो । अहिले उनीहरु दुवै सुरक्षित छन् । आत्तिनु पर्दैन ।’
एसपी अधिकारीका अनुसार अन्तरजातीय बिहे गरेपनि उमेर नपुगेका कारण त्यो आफन्तका लागि स्वीकार्य नहुनु स्वभाविक हो । यसमा प्रहरीले पनि कुनै कदम चाल्न नसक्ने उनी बताउँछन् । तर २१ दिनसम्म युवायुवती जंगलमा बसेको कुरा उनी अस्वीकार गर्छन ।
‘प्रहरीसँग दुवैले जंगलमा नभई बुटवलमा गएर बसेको बताएका छन् । विवाह गरेलगत्तै उनीहरु कैलालीबाट बुटवल गएको देखिन्छ’ उनले भने, ‘तर मिडियामा जंगलमा लुकेर बसेको कुरा आयो । जुन गलत हो ।’
अन्तरजातीय विवाह गरेपछि डर त्रास हुनु र लुक्नु बाध्यता बनेपनि प्रहरीमा नआउनु युवायुवतीको गल्ती भएको एसपी अधिकारी बताउँछन् । प्रहरीले युवा र युवती तथा उनीहरुको घरपरिवारसँग कुरा गरेर आवश्यक सुरक्षा दिइरहेको उनले बताए । र, अहिलेसम्म युवतीका आफन्तले युवक र उनको परिवारमाथि आक्रमण गर्ने कुरा कल्पनाभन्दा बाहिर रहेको पनि उनले बताए ।
‘उनीहरु प्रहरीको सम्पर्कमा छन् । युवकमाथि युवतीका आफन्तले आक्रमण गर्ने कुरा कल्पना नगरौँ । यदि यति भन्दाभन्दै पनि आक्रमण गर्ने प्रयास भए प्रहरीले तत्कालै पक्राउ गरेर कडा कारबाही गर्छ’ एसपी अधिकारीले भने ।
साथै एसपी अधिकारीले केटाकेटीले आपसी मन्जुरीमा विवाह गरेको देखिएको पनि बताए । तर उमेर नपुगेका कारण युवतीलाई आफन्तले लगेर गएको उनको भनाइ छ । दलित युवकसँग विवाह गरेकै झोकमा युवकको परिवारमाथि आक्रमण गर्ने कुरा नसोच्न पनि उनले चेतावनी दिए ।
‘उमेर नपुगी विहे गर्नु कानुन विपरित हो । यस्तो अवस्थामा प्रहरीले केही गर्न सक्दैन’ उनले भने, ‘तर जात नमिलेका कारण धम्की दिने, तर्साउने, थर्काउने गतिविधि गर्न पाइँदैन । यदि त्यसो गरिएको पाइए, उजुरी आए, अनुसन्धान हुन्छ । प्रहरीले कारबाही पनि गर्छ ।’
जातीय विभेदको उजुरी दर्ता नभएको विषयमा जिज्ञासा राख्दा उनले यसबारेमा आफूलाई अहिलेसम्म जानकारी नभएको बताए ।
‘उनीहरुको उमेर नपुगेका कारण गरेको विवाह टिक्न सकेन । आफन्तले युवती लगेर जानु स्वभाविक हो’ उनले भने, ‘यदि यस्तोमा जातीय विभेद भएको हो । त्यस्तो उजुरी आउँछ भने प्रहरीले अनुसन्धान अगाडि बढाउँछ ।’
युवकका आफन्त तथा दलित अभियान्ताले इलाका प्रहरी कार्यालय भजनीमा जातीय विभेदको उजुरी दर्ता गराउने प्रयास गरेपनि प्रहरीले नलिएको बताए । यसका लागि आइतबार फेरि प्रयास गर्ने र दर्ता नभए धनगढी पुगेर जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउने युवकका आफन्तको तयारी छ ।
युवा युवतीले आपसी मन्जुरीमै विहे गरेपनि ज्यान मार्ने धम्की दिएको, जातीय गालीगलौज गरेको र रुकुम हत्याकान्ड जस्तै युवकको हत्या गर्ने धम्की दिएकोमा उजुरी दर्ता गराउने युवकका आफन्तको तयारी छ ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया