हमासले शनिबार थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने

जेरुसेलम/गाजा- प्यालेस्टिनी विद्रोही समूह हमासले थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ । उत्तरी गाजामा मानिसहरूलाई फर्कन इजरायलले अनुमति दिने बदलामा थप बन्धकहरूलाई यो हप्ता रिहा गर्न लागेको हो ।
इजरायल र हमासले शनिबार जारी युद्धविराम सम्झौताको पहिलो चरणमा गाजामा बन्दी रहेका बाँकी छ जना बन्धकहरूलाई रिहा गर्ने सहमति गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले मङ्गलबार जनाएको छ ।
इजिप्टको राजधानी कायरोमा भएको वार्तापछि नयाँ समझदारीमा पुगेको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ ।
गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि, हमासले बन्धकहरूलाई रिहा गरेको छ । इजरायलले बदलामा २०० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ ।
नेतन्याहुको कार्यालयले हमासले चार जना बन्धकको शव अर्को हप्ता फिर्ता गर्ने बताएको छ ।
हमासका एक वरिष्ठ अधिकारी तथा मुख्य हमास वार्ताकार खलिल अल–हयाले एक टेलिभिजन सम्बोधनमा चार शव बिहीबार हस्तान्तरण गरिने पुष्टि गर्नुभयो । उहाँले प्यालेस्टिनी बन्दीहरूको सट्टामा हमासले छ जना इजरायली बन्धकहरूलाई पनि मुक्त गर्ने बताउनुभयो ।
युद्धविराम सम्झौताको मूल सर्तहरू अन्तर्गत, हमासले सयौं प्यालेस्टिनी बन्दीहरूको बदलामा शनिबार तीन जीवित बन्धकहरूलाई र अर्को शनिबार तीन जनालाई रिहा गर्ने थियो ।
यो आदानप्रदान इजरायल र हमासबीच युद्धविराम सम्झौताको एक भाग हो, जसको उद्देश्य द्वन्द्वको स्थायी अन्त्यको मार्ग प्रशस्त गर्नु हो ।
युद्धविराम सम्झौता तीन चरणमा लागू गर्ने सहमति भएको थियो । पहिलो ४२ दिनको अवधिमा इजरायली जेलमा रहेका करिब एक हजार ९०० प्यालेस्टिनी कैदीको बदलामा ३३ जना बन्धकलाई फिर्ता गर्ने सम्झौतामा उल्लेख छ ।
अर्को चरणमा युद्धको थप स्थायी अन्त्यका लागि वार्ता हुनुपर्दछ, जबकि अन्तिम चरणमा गाजाको पुनर्निर्माण र मृत बन्धकहरूको शव वा उनीहरूको अवशेष फिर्ती हुनेछ ।
सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणका क्रममा हमासका लडाकुहरूले २५१ जनालाई बन्धक बनाएका थिए, जसमध्ये ९१ जना गाजामा जीबित अवस्थामा रहेका विश्वास गरिएको छ ।
इजरायलको तथ्याङ्कअनुसार उक्त आक्रमणमा परी एक हजार २१० जनाको मृत्यु भएको थियो । इजरायलको जवाफी कारबाहीमा गाजामा कम्तीमा ४७ हजार २८३ जनाको मृत्यु भएको हमासको नियन्त्रण रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । (सिन्ह्वा)

सिरियामा हिंसा भड्किँदा ९४० बढीको मृत्यु, स्थिति नियन्त्रणबाहिर

दक्षिण कोरियामा भारी वर्षाले १४ जनाको मृत्यु, १२ बेपत्ता
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_yfxZTwJ6rE_rtoxazvnpdp5vvshqka2irfnzv0tpl33lbtumg4nlgsh3rbitt5ouxnis3p6_ZiH2GCjgnp_2ijetnagt8atwgdraikvywjgyksyoys7oxgh6tnweehdy8sdfmdkkjyzmcnr.jpg)
इक्वेडरको पर्यटकीय सहरमा पुल बारमा गोली हानी नौ जनाको हत्या

भारतीय प्रधानमन्त्री मोदीले बेलायत र माल्दिभ्सको भ्रमण गर्दै

भ्यानको ठक्करबाट दनुवारको मृत्यु

सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते

युरोपेली राष्ट्र इरानसँग आणविक वार्ताका लागि पुनः तयारीमा

प्रतिक्रिया