'पाकिस्तान डिजिटल युगतर्फ अग्रसर'
इस्लामावाद- पाकिस्तानको योजना तथा विकास मन्त्री अहसान इकबालले देश ५जी प्रविधि अपनाउन पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ । यसले देशको सामाजिक–आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने ठूलो सम्भावना छ ।
एक सेमिनारलाई सम्बोधन गर्दै मन्त्रीले भने “हामी हाइपर–कनेक्टेड युगमा प्रवेश गर्यो । यो औद्योगिक रूपान्तरण र आर्थिक वृद्धिको लागि उत्प्रेरक हो । साथै पाकिस्तानको भविष्यलाई पुनः आकार दिने अवसर हो ।”
“पाकिस्तान डिजिटल पूर्वाधार निर्माण गर्न तथा विश्वव्यापी उत्कृष्ट अभ्यासहरू अपनाउन प्रतिबद्ध छ । सरकारले देशमा नयाँ प्रविधि र डिजिटलाइजेसनलाई प्रवद्र्धन गर्न प्रयास गरिरहेको छ ।”
“ई–पाकिस्तान हाम्रो राष्ट्रिय डिजिटल रणनीतिको एक हिस्सा हो । हामी ई–सेवाहरू विस्तार गर्न र एक स्मार्ट पाकिस्तान सिर्जना गर्न काम गरिरहेका छौं, जहाँ प्रविधि सार्वजनिक सेवा वितरण र आर्थिक वृद्धिको आधार बन्छ,” उनले बताए ।
पाकिस्तानमा जनसङ्ख्याको ६० प्रतिशत ३० वर्ष भन्दा कम उमेरको छ । मन्त्रीले कृषि र स्वास्थ्य क्षेत्रको सुधारमा ५जी प्रविधिको भूमिका रहेको बताउँदै यसले कुनै पनि क्षेत्र पछाडि नछाड्ने गरी दूर शिक्षा, वित्तीय समावेशीकरण र इ–कमर्स विस्तारलाई समेत सक्षम बनाउने बताए । (सिन्ह्वा)

सिरियामा हिंसा भड्किँदा ९४० बढीको मृत्यु, स्थिति नियन्त्रणबाहिर

दक्षिण कोरियामा भारी वर्षाले १४ जनाको मृत्यु, १२ बेपत्ता
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_yfxZTwJ6rE_rtoxazvnpdp5vvshqka2irfnzv0tpl33lbtumg4nlgsh3rbitt5ouxnis3p6_ZiH2GCjgnp_2ijetnagt8atwgdraikvywjgyksyoys7oxgh6tnweehdy8sdfmdkkjyzmcnr.jpg)
इक्वेडरको पर्यटकीय सहरमा पुल बारमा गोली हानी नौ जनाको हत्या

भारतीय प्रधानमन्त्री मोदीले बेलायत र माल्दिभ्सको भ्रमण गर्दै

भ्यानको ठक्करबाट दनुवारको मृत्यु

सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते

युरोपेली राष्ट्र इरानसँग आणविक वार्ताका लागि पुनः तयारीमा

प्रतिक्रिया