‘टाइटानिक’लाई उछिन्दै ‘डेमन स्लेयर’ बन्यो जापानमा सर्वाधिक कमाउने दोस्रो फिल्म

पिरियड एक्सन एनिमेसन फिल्म ‘डेमन स्लेयर’ जापानीज बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ । वितरक एनिप्लेक्सले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार फिल्मले ‘टाइटानिक’को नाममा रहेको रेकर्ड फिल्मले आफ्नो नाम गरेको हो । यसअघि सर्वाधिक कमाउने फिल्मको सूचीमा ‘टाइटानिक’ दोस्रो नम्बरमा थियो ।
गोटोजे कोयोहारुको हिट कमिकमा आधारित फिल्मले ४५ दिनमा २ सय ६४ मिलियन डलर ( ३१ अर्ब ३६ करोड) कमाइ गरेको भेराइटीले लेखेको छ । फिल्म अक्टोबर १६ मा रिलिज भएको थियो । सन् १९९७ मा रिलिज ‘टाइटानिक’ले २ सय ५१ मिलियन (२९ अर्ब ८१ करोड) कमाइ गरेको थियो ।
जापानमा सर्वाधिक कमाउने फिल्मको सूचीको पहिलो नम्बरमा पनि एनिमेसन फिल्म नै छ । सन् २००१ मा रिलिज भएको ‘स्प्रिटेड अवे’ ले भने २ सय ९५ मिलियन डलर (३५ अर्ब) कमाइ गरेको थियो । गतहप्ता मात्र ‘डेमन स्लेयर’ले ‘फ्रोजन’लाई पछि पार्दै तेस्रो स्थान कब्जा गरेको थियो । ‘डेमन स्लेयर’ नर्थ अमेरिकामा सन् २०२१ मा रिलिज हुने तयारीमा छ ।

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

प्रतिक्रिया