आइतबार १८ जेठ, २०८२
Sunday, June 01, 2025

सभामुख घिमिरे र जापानका नवनियुक्त राजदूत मायदाबीच भेटवार्ता

काठमाडौं - सभामुख देवराज घिमिरेसँग नेपालका लागि जापानका नवनियुक्त राजदूत मायदा तोरूले भेट गरेका छन्। सिंहदरबारमा भएको भेटमा सभामुख घिमिरेले राजदूत मायदालाई नेपालका लागि जापानका नवनियुक्त राजदूतका रूपमा कार्यभार सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले नेपाल र जापानबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ गर्न राजदूत मायदाको कार्यकाल फलदायी हुने विश्वास व्यक्त गरे।

सभामुख घिमिरेले नेपाल र जापानबीच सन् १९५६ मा स्थापना भएको औपचारिक कूटनीतिक सम्बन्ध मैत्रीपूर्ण ढंगले अगाडि बढिरहेको उल्लेख गर्दै भूकम्प लगायत प्राकृतिक विपत्तिका बेला जापानले दिएको सहयोगप्रति आभार व्यक्त गरे। उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान लामो समयदेखि विश्वासिलो विकास साझेदारको रूपमा रहँदै आएको उल्लेख गरे।

नेपालको भौतिक पूर्वाधार विकासमा जापानको सहयोग उल्लेखनीय रहेको बताउँदै सभामुख घिमिरेले नागढुंगा सुरुङमार्ग परियोजनामा जापानको सहकार्य महत्वपूर्ण रहेको धारणा व्यक्त गरे। उनले आगामी २०२६ मा नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव तथा नेपाल विकासशील राष्ट्रको सूचीमा उक्लने सुखद संयोग रहेको उल्लेख गरे। नेपाल जापानमा हुने ‘२०२५ वल्र्ड एक्सपो’ मा सहभागी हुन लागेको सन्दर्भ उल्लेख गर्दै सभामुख घिमिरेले जापानमा हुने उक्त एक्सपोले नेपाली उत्पादन प्रचार–प्रसारमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

जापानका नवनियुक्त राजदूत मायदा तोरूले आफू २७ वर्षअघि नेपाल आएको स्मरण गर्दै तीन दशकमा नेपालको लोकतन्त्र र विकासले उल्लेखनीय फड्को मारेको बताए। उनले दुई देशको सम्बन्ध जनस्तरमा समेत रहेको बताउँदै संसदीय आदान प्रदानमा जोड दिए।

नेपाल र जापान दुवै मुलुक प्राकृतिक जोखिममा रहेको बताउँदै राजदूत मायदाले सन् २०११ मा जापानमा गएको विकासकारी भूकम्पमा नेपाली समुदायले गरेको राहत र उद्दार सहयोगको प्रशंसा गरे।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता