आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

बाल सिर्जनाका कार्यक्रम महानगरको प्राथमिकतामा -  बालेन शाह

फाइल फाेटाे

काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले बाल सिर्जनाका कार्यक्रमलाई महानगरले प्राथमिकतामा राखेको बताएका छन् । 

प्रजातन्त्र दिवसको अवसर पारेर काठमाडौं महानगर वडा नम्बर २७ ले बुधबार काठमाडौंको रानीपोखरी परिसरमा आयोजना गरेको पि. एल. सिंह स्मृति चित्रकला प्रतियोगिता कार्यक्रममा प्रमुख शाहले अतिरिक्त क्रियाकलापले विद्यालय स्तरका बालबालिकाको चौतर्फी विकासमा योगदान पुग्ने भएकाले बाल सिर्जनाका कार्यक्रमलाई महानगरले प्राथमिकतामा राखेको बताएका हुन् । 

उनले विद्यालय स्तरका बालबालिका लक्षित चित्रकला, संगीत र साहित्यिक कार्यक्रमलाई महानगरले निरन्तरता दिने उल्लेख गरे । 

बालबालिकाको शारीरिक, मानसिक, चारित्रिक तथा सामाजिक विकासमा प्रभावकारी भूमिका खेल्ने उनको भनाइ छ । 

त्यस्तै उहाले पि. एल. सिंह थानीय शासनमा दूरदृष्टि राख्ने नेताका रूपमा रहेको स्मरण गरे । हाम्रा सांस्कृतिक सम्पदा विषयक स्थलगत चित्रकला प्रतियोगितामा विभिन्न विद्यालयका २ सय जना विद्यार्थीहरूको सहभागी रहेका थिए ।