देशको हितका लागि ल्याइएको अध्यादेशको विरोध गर्नु उचित होइन - मन्त्री गुरूङ

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले देशको हितका लागि ल्याइएको अध्यादेशको विरोध गर्नु उचित नभएको बताएका छन् ।
राष्ट्रिय समाचार समिति (रासस) को ६४औँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले मुलुकमा सुशासन कायम गर्न र अर्थतन्त्रलाई बलियो बनाउन अध्यादेश ल्याइएको भन्दै अध्यादेशको विरोध गर्नु उचित नभएको बताएका हुन् । अध्यादेश पास गर्नुको विकल्प नरहेकाले अध्यादेशका पक्षमा साथ दिन उनले आग्रह समेत गरे ।
भूमिसम्बन्धी समस्या समाधान गर्नका लागि भूमिसम्बन्धी अध्यादेश ल्याइएको उनको भनाइ छ । उनले शासन व्यवस्थाअनुसार कानुन परिवर्तन गर्नुपर्ने भएकाले त्यसले त्यसतर्फ ध्यान केन्द्रित गरेको उल्लेख गरे ।
मन्त्री गुरुङले मुलुक संघीयतामा गएपछि विकास निर्माणका धेरै काम भएको जिकिर गरे ।
उनले मुलुकलाई रुपान्तरण गर्ने नीतिलाई सहि बनाउँदै देश र जनताको हितमा अघि बढ्ने बताए । लोकतन्त्र खतरामा पर्न लागेको महसुस गरी कांग्रेस र एमालेजस्ता दुई ठूला राजनीतिक दलको गठबन्धनको जरुरी परेको उनले बताए ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया