आयुर्वेद तथा वैकल्पिक चिकित्सालय हेटौँडाबाट नौ हजारले सेवा लिए

मनहरी (मकवानपुर)- हेटौँडामा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा सात महिनाको अवधिमा नौ हजारभन्दा बढीले सेवा लिएका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म नौ हजार ४८ जनालाई सेवा दिइएको चिकित्सालयकी प्रमुख ललिता पाण्डेले जानकारी दिए । सेवा लिनेमध्ये चार हजार २७३ जना पुरुष रहेका छन्भने चार हजार ७७५ जना महिला रहेका छन् ।
चिकित्सालयमा गत आर्थिक वर्ष २०८०/८१ मा १७ हजार ६८० जनाले सेवा लिएको पाण्डेले बताए । उनका अनुसार औषधालयमार्फत २३ थरीका औषधि निःशुल्क वितरण गर्नाका साथै सशुल्क फार्मेसी, पूर्वकर्म, पञ्चकर्म, योग परामर्श, पत्थ्य आहार सेवा प्रदान भइरहेको छ ।
यस्तै, प्रयोगशाला सेवा, निःशुल्क फिजियोथेरापी, ज्येष्ठ नागरिक सेवा, स्तनपायी कार्यक्रम, अकुपञ्चर सेवा र शल्य सेवा उपलब्ध रहेको चिकित्सालयका सूचना अधिकारी विनोदकुमार शाहले जानकारी दिए । औषधालयले केही समयमा नै हेटौँडा–२ स्थित नयाँ भवनबाट सेवा प्रदान गर्ने र थप सेवा विस्तार गरिने शाहले बताए ।
पछिल्लो समय आयुर्वेदिक सेवाप्रति आममानिसमा विश्वास बढ्दै गएको छ ।

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया