मनकामना हार्डवेयरको सातौं शाखा सतुंगलमा

काठमाडौं । मनकामना ग्रुपअन्तर्गतको मनकामना हार्डवेयर एण्ड सप्लायर्सको सातौं शाखा काठमाडौंको सतुंगलमा खुलेको छ ।
सतुंगलको शाखा जगदम्बा ग्रुपका अध्यक्ष शंकर अग्रवालले उद्घाटन गरे । अध्यक्ष अग्रवालले नयाँ शाखाबाट हार्डवेयरका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइने जानकारी दिए ।
यस शाखाले उपत्यकाभरिका होलसेल तथा खुद्रा दुबै वर्गका ग्राहकलाई सेवा दिने जनाइएको छ ।
मनकामना हार्डवेयरका सञ्चालक रामप्रसाद झाङले आजबाट काठमाडाैं, भक्तपुर, धादिङ, नुवाकाेट आधार मानेर त्यहाका हार्डवेयर तथा निर्माण व्यवसायीलाई सुलभ र सहजताकाे लागि याे ब्रान्च सुरू गरिएकाे जानकारी दिए ।
सञ्चालक सज्जन कुमार अग्रवालले हाम्राे याे शाखा बिस्तारले काठमाडाैं आसपासकाे ग्राहकहरूलाई अत्यन्त सहज र सजिलाे हुने बताए ।
उद्घाटन समारोहमा अम्बे स्टील्स प्रालि, अम्बे सिमेन्ट, अर्घाखाँची सिमेन्ट, बृज सिमेन्ट, अशाेक स्टील्स इन्डस्ट्रिज, नारायणी स्टील्स, राजेश हार्डवेयर, गाेयल स्टील्स, ह्वासिन सिमेन्ट, हाेङसी सिमेन्ट, हुलास स्टील्स, हुलास वायर इन्डस्ट्रिज, जगदम्बा प्लास्टिक, जगदम्बा इन्टरप्राइजेज, स्वस्तिक राेलिङ मिल्स प्रालि, हुलास आइरन, मारुती सिमेन्ट, सिद्धिलक्ष्मी स्टिल्स प्रालि, राजेश मेटल क्राफ्ट, पाल्पा सिमेन्ट, लक्ष्मी स्टिल, सर्वाेत्तम सिमेन्ट, शुभश्री जगदम्बा सिमेन्ट, प्रिमियम स्टील, गाेयंका स्टिल, युनाइटेड सिमेन्ट तगायतका अन्य विभिन्न उद्याेगका प्रमुख र प्रतिनिधिहरू तथा निर्माण क्षेत्रसँग सम्बन्धित व्यवसायीहरूकाे उपस्थिति रहेकाे ।
यस अगाडि मनकामना हार्डवेयरले बनेपा, नारायणघाट, सिन्धुली बजार, बर्दिबास, भकुण्डेबेसी र थलीकाे शाखाबाट सेवा दिँदै आएको थियो ।

अन्तर्राष्ट्रिय स्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन तथा बिक्री वितरण आजैबाट सुरु

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

भरतपुरको विकास चोकमा कजारियाको नयाँ सोरुम उद्घाटन

‘चुज मी’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा

सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति

बाँस सम्मेलनमा बाँसका सामग्रीहरू (तस्वीरहरू)

बास्किन रोबिन्सले गर्यो वसन्तपुरमा ३४औँ शाखाको उद्घाटन

प्रतिक्रिया