रोयल इनफिल्ड इन्डियाको स्लाइड स्कूल रेसिङ ट्रेनिङमा अल्फा अटोमोटिभका कार्ट हेडको सहभागिता

काठमाडौँ- नेपाली बाइकप्रेमी र अफ–रोड रेसिङप्रति रुचि राख्नेहरूका लागि खुसीको खबर ,नेपाली युवक दिपेश श्रेष्ठले जो हाल अहिले अल्फा अटोमोटिभका कार्ट हेडका रुपमा कार्यरत छन् । उनि भारतको रोयल इनफिल्ड स्लाइड स्कूल रेसिङ ट्रेनिङ कार्यक्रममा सहभागी भई नेपालको मोटरस्पोर्ट क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जनवरी २५–२६ मा सम्पन्न उक्त दुई दिने विशेष प्रशिक्षणमा दिपेशले बाइक नियन्त्रण, क्र्यास म्यानेजमेन्ट, अफ–रोड रेसिङ टेक्निक लगायतका महत्वपूर्ण सीपहरू सिक्ने अवसर पाए । उनले रोयल इनफिल्डको हिमालयन ४११ बाइकमा विभिन्न चुनौतीपूर्ण भू–भागमा अभ्यास गर्दै, माटो र फ्याल्ट ट्र्याकमा कसरी उत्कृष्ट प्रदर्शन गर्न सकिन्छ भन्ने अवसर पाए ।
प्रशिक्षणमा बाइकको सही पोस्चर, सुरक्षात्मक राइडिङ गियरको महत्त्व, रेसिङ फ्ल्याग संकेतहरूको प्रयोग जस्ता व्यावहारिक पक्षहरूलाई विशेष ध्यान दिइएको थियो । नेपालमा अफ–रोड रेसिङको भविष्य सम्भावनायुक्त छ । दिपेश जस्ता युवाहरूको उत्साहले यो खेललाई अझै व्यावसायिक बनाउने र अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चम्काउने आशा गर्न सकिन्छ ।

इन्डोनेसियामा सेरेस थ्रीले जित्यो तीन वटा उत्कृष्ट ईभी अवार्ड

२०२७ सम्ममा निसानले प्लान्टहरू बन्द गर्ने, २० हजार रोजगारी कटौती गर्ने

रिड्डारा आरडी सिक्स इभी पिकअपद्वारा नेपालमा एक्सचेन्ज योजना सार्वजनिक
_CpoRN34Zy7_smd1ss7xujbqreyejscevazyx5tvcayyd49lhnwxtxw64qbk9pwfmiedyijb_2DWqSzoY85_uptgufmpa6ukeunpy5b2d2s80pp1ugubrwtcb3ls5ghjpzyddnwev4pplsbe.jpg)
चर्चामा हुवावेको आइटो एमएट : सार्वजनिक हुनुअघि नै १ लाख गाडी अर्डर

हुन्डाई नेपालद्वारा ईटहरी र विराटनगरमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया का…
_YhaacIz452_m0ddh3yoapm6y2xh18otsf1vioj0jf7z24nznpi4duefcqnhufbnvzfy3mqa_w9wGl3FyBX_wewtksp7u16kuzdohlxavd9fteubzvcpbrrnrotg61kdcq6vmvuonlywdsak.jpg)
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ खुल्ला

शीर्ष फोटोग्राफीहरू बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने
_SV1nQtqBgg_kgfbqjmx8kfuowoqclaogyulessyaoswbg4jlewsgexg9sdlnkezxwg57tfw_ZGD5MKcops_1eopool4kpk4egmpgpi6ehbrw1zvl8qjmanvtuiudilo80msbigm9zrbto3r.png)
प्रतिक्रिया