९२ वर्षमा आँखाको ज्योति फर्किएपछि...

बरहथवा (सर्लाही)- हरिवन नगरपालिका–८ का ९१ वर्षीय नरबहादुर खड्का आँखाको ज्योति फर्किएपछि मक्ख छन् । नेपाल नेत्र ज्योति सङ्घले निःशुल्क सञ्चालन गरेको शिविरमा आँखाको शल्यक्रियापछि उहाँले फेरि संसार देख्न पाएका हुन् ।
लामो समयदेखि मोतियाविन्दुको समस्याबाट पीडित उनले शल्यक्रिया गरेपछि स्पष्ट देखिएको बताए । आँखा नदेख्दाको पीडा शब्दमा वर्णन नहुने र अन्धकारबाट पुनः उज्यालोमा फर्कदाको खुशी पनि शब्दमा व्यक्त नहुने उनले सुनाए ।
ज्येष्ठ नागरिक खड्काजस्तै हरिवन नगरपालिका–३ निवासी रामविलास महतोले पनि ९१ वर्षको उमेरमा आँखाको ज्योति पाएका छन् । आँखाको शल्यक्रिया पछि बिहीबार पट्टी खोलेका उनले हर्षविभोर हुँदै गहँभरि आँसु पारेर भने । “यो उमेरमा फेरि आँखा देख्न पाइयो भेटिएजस्तै भएको छ,” विपन्न परिवारका उनले खर्च अभावमा उपचार गराउन नसकेको दुखेसो गरे ।
शिविरमा ९० वर्षका अर्का वृद्ध गणेशमान घिसिङको पनि मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको थियो । शिविरमा एक सय ७५ जनाको आँखाको मोतियाविन्दुको शल्यक्रिया गरी आँखाको ज्योति फर्काइएको आँखा उपचार केन्द्रले जनाएको छ ।
मोतियाविन्दुको पहिचानको लागि हरिवन र बरहथवा नगरपालिकामा गरी पाँच स्थानमा परीक्षण शिविर सञ्चालन गरिएको थियो । शिविरमा एक हजार ३७ जनाले स्वास्थ्य सेवा लिएका नेत्र ज्योति सङ्घले जनाएको छ । शिविरमा दुई सय ७० जना मोतियाविन्दुका बिरामी फेला परेका थिए । शिविरमा आएकामध्ये एक सय ५० जनालाई निःशुल्क चस्मासमेत वितरण गरिएको थियो ।

चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै

सिरहामा मुख्यमन्त्री सिंहद्वारा अस्पताल अनुगमन : १३ अस्पताल बन्द, २ जना पक्राउ, …

सिरहामा विस्थापित दलितको घर प्रदेश सरकारले बनाइदिने

सिरहा घटना : प्रहरीले सरकारी वकिललाई बुझायो प्रतिवेदन

गर्मीसँगै उखु जुस व्यापारीको आम्दानी बढ्दै

सवा ९ लाखको सामानसहित एक जना पक्राउ

राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया