किन गर्दैछ माओवादीले पत्रकार सम्मेलन ?

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल माओवादीले समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गरिएको माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
मुलुकमा पछिल्लो समय देखिएको राजनीतिक घटनाक्रमबारे माओवादीले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बुझिएको छ । खासगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपछि अर्को सहायता कटौती गर्न थालेपछि नेपालका विकास परियोजना अवरुद्ध हुने खतरा देखिएको छ । युएसएआइडी सहयोग र एमसिसी परियोजना रोकिएको विषयमा माओवादीले आफ्नो कित्ता स्पष्ट पार्ने भएको छ ।
साथै, पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र उनले आफूलाई सहयोग गर्न गरेको आह्वानबारे माओवादीले आज पार्टीगत धारणा सार्वजनिक गर्ने एक नेताले बताए । सरकारले ल्याएका अध्यादेशका विषयमा पनि माओवादीले आफ्नो भनाइ सार्वजनिक गर्न लागेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया