लामिनारद्वारा नेपालकै पहिलो फुल–बडी टाइल ‘सेन्टो’ सार्वजनिक

काठमाडौं- भिट्रिफाइड टाइल ब्रान्ड लामिनार टाइल्सले फुल–बडी टाइल सेन्टो सार्वजनिक गरेको छ । लामिनारले आफ्नो समग्र प्रिमियम संग्रहलाई विस्तार गर्दै सेन्टो नामक बुलबडी टाइल बजारमा ल्याएको हो ।
टाइल अत्यधिक टिकाउ, बलियो र उत्कृष्ट गुणस्तर रहेको कम्पनीको दाबी छ ।
सेन्टो फुल–बडी संग्रहलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन समारोहको अवसरमा औपचारिक रूपमा सार्वजनिक गरे ।
लामिनार टाइल्स् फागुन ११ गतेसम्म चल्ने यस वर्षको बिल्डकन एक्स्पोको प्रमुख प्रायोजक रहेको छ । फुल–बडी टाइलहरूको बनावट प्राकृतिक ढुंगाजस्तै भएकाले सामान्य घर्षण वा चोइटिए पनि टाइलको रंग र बनावटमा कुनै फरक पर्दैन ।
लामिनार टाइल्स्को उत्पादक, लुम्बिनी सेरामिक्स्का प्रबन्ध निर्देशक आशुतोष खेतानका अनुसार पीईआए रेटिङ ५ (जसले कुनै पनि टाइल्सको अत्याधिक दिगोपन र मजबुतीलाई जनाउँछ) भएका कम्पनीको भनाइ छ ।
टाइल विमानस्थल, सपिङ मल, होटेल, अस्पताल, पार्किङ, सडकपेटीलगायत अन्य व्यावसायिक र आवास क्षेत्रका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार रासायनिक प्रतिरोध परीक्षणहरूमा समेत सेन्टोले प्राकृतिक ग्रेनाइटको तुलनामा उत्कृष्ट नतिजा देखाएको छ । यस टाइलले दाग प्रतिरोध, घरेलु र स्विमिङ पूलका रसायन प्रतिरोध, तथा उच्च र न्यून सघनता भएका अम्ल र क्षारको प्रतिरोध लगायतका सबै परीक्षणहरू पास गरेको छ ।
आकर्षक डिजाइन र टिकाउपनाको संयोजनले यो संग्रह आर्किटेक्ट, इन्टेरियर डिजाइनर तथा व्यावसायिक र आवासीय परियोजनाहरू का लागि उत्तम विकल्प बनेको छ ।

म्याकडोडो ब्रान्डका पाँच नयाँ प्रोडक्टहरू सार्वजनिक, कति पर्छ मूल्य ?

शाओमी १५ अल्ट्रा भव्य रूपमा नेपालमा सार्वजनिक

अन्तर्राष्ट्रियस्तरको स्किन तथा हेयर ट्रिटमन्ट डिभाइस 'भिभाची' को केकी र रेखाद्वा…

एलजीको नि:शुल्क ए.सी. सर्भिस र एक्स्चेन्ज क्याम्प

दराजको ३.३ मार्च म्याडनेस क्याम्पेन, किनमेलमा उल्लेख्य बचत गर्ने अवसर

डीपसीक एलएलएम प्रविधिसँग टेक्नो स्मार्टफोनः अब अझ स्मार्ट, छिटो, र प्रभावकारी ह…

यामाहा नेपाल र हेल्मेट्स नेपालबीच व्यापारिक सम्झौता

प्रतिक्रिया