ब्राजिलमा बस दुर्घटनामा विश्वविद्यालयका १२ जनाको मृत्यु

ब्रासिलिया- ब्राजिलको दक्षिणपूर्वी राज्य साओ पाउलोमा बस र ट्रक बीचको ठक्करमा विश्वविद्यालयका १२ जना विद्यार्थीको मृत्यु भएको र २१ जना घाइते भएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
“बस र ट्रकको भयानक दुर्घटनामा १२ जना विद्यार्थीको ज्यान गएको यस त्रासदीको दुःखद समाचारबाट हामी जागा भएका छौँ”, राज्यका गभर्नर टारसिसियो फ्रिटासले एक्समा लेखेका छन् ।
साओ पाउलो नागरिक सुरक्षा अधिकारीहरूले एक बयानमा बिहीबार राति भएको दुर्घटनापछि २१ जना घाइतेलाई अस्पताल लगिएको र अधिकांशलाई डिस्चार्ज गरिएको बताएका छन् ।
घाइतेमध्ये एक जना ‘क्रेनियल ट्रामा’ बाट पीडित थिए र अन्य तीन जनालाई अस्पतालमा भर्ना गरिएको छ र उनीहरूको अवस्था स्थिर छ ।
फ्रिटासले विद्यार्थीहरू दुर्घटना भएको बेला फ्रान्काको निजी विश्वविद्यालयबाट घर फर्कंदै गरेको बताए । “उनीहरूले आफ्नो सपना अधुरो भएको देखे”, उनले भने ।
राज्य सरकारको एक विज्ञप्तिमा ट्रक चालकलाई ‘घटनास्थलबाट भागेको, लापरवाहीपूर्वक हत्या र लापरवाहीपूर्वक शारीरिक क्षति पुर्याएको’ आरोप लगाइएको छ ।
सन् २०२४ डिसेम्बरमा दक्षिणपूर्वी राज्य मिनास गेरैसमा बस दुर्घटनामा ४१ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटना सन् २००७ पछि ब्राजिलको सङ्घीय राजमार्गहरूमा भएको सबैभन्दा खराब दुर्घटना थियो । (एएफपी)

सिरियामा हिंसा भड्किँदा ९४० बढीको मृत्यु, स्थिति नियन्त्रणबाहिर

दक्षिण कोरियामा भारी वर्षाले १४ जनाको मृत्यु, १२ बेपत्ता
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_yfxZTwJ6rE_rtoxazvnpdp5vvshqka2irfnzv0tpl33lbtumg4nlgsh3rbitt5ouxnis3p6_Q0toLkUPpY_pzfhhpldhgsi2e5z9er5olwjs1h8plo0cyevgcmrawemi1eq1yit68jaxy99.jpg)
इक्वेडरको पर्यटकीय सहरमा पुल बारमा गोली हानी नौ जनाको हत्या

भारतीय प्रधानमन्त्री मोदीले बेलायत र माल्दिभ्सको भ्रमण गर्दै

भ्यानको ठक्करबाट दनुवारको मृत्यु

सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते

युरोपेली राष्ट्र इरानसँग आणविक वार्ताका लागि पुनः तयारीमा

प्रतिक्रिया