यस्तो छ स्ववियु निर्वाचनको तालिका

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ ।
त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आगामी चैत ५ गते निर्वाचन हुनेगरी कार्यतालिका सार्वजनिक गरेको हो ।
त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार फागुन १९ गते दिउँसो ३ बजेसम्म संघ-संगठन-समूह दर्ता, २ज्ञ गते मतदाता सूची प्रकाशित र २५ गते दिनको १ बजेसम्म मतदाता सूचीउपर दाबी विरोध गर्ने समय छुट्याइएको छ । सोही दिन बेलुका ५ बजेसम्म मतदाता सूचीउपरको दाबी विरोधमा छानविन गरी अन्तिम नामावली प्रकाशन गरिने छ ।
त्यस्तै, २६ गते उम्मेदवारको लागि मनोनयन वितरण, २७ गते मनोनयन दाखिला र उम्मेदवारको नामावली प्रकाशन गर्ने समय छुट्याइएको छ । २८ गते उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने, सोही दिन दाबी विरोध छानविन गरी नामावली प्रकाशन गरिने, २९ गते उम्मेदवारी फिर्ता लिने अन्तिम समय तोकिएको छ । दुवै तर्फको उम्मेदवारी फिर्ता लिने अन्तिम सकिएसँगै सोही दिन नामावली प्रकाशन गरिने छ ।

भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधानमन्त्री ओली

नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे

आठ अध्यादेश सर्वसम्मतिले पारित

लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस् : गृहमन्त्री लेखक

परराष्ट्रमन्त्री राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

पूर्वाधार निर्माण माओवादीको उच्च प्राथमिकतामा

अहिलेकै नकारात्मक सोचले देश बन्दैनः परराष्ट्रमन्त्री राणा

प्रतिक्रिया