परराष्ट्रमन्त्री डा आरजु देउवा जेनेभा प्रस्थान
काठमाडौं - परराष्ट्रमन्त्री डा आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन् ।
उनीलाई आज साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले बिदाइ गरेका थिए । यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने उक्त उच्चस्तरीय सत्रलाई मन्त्री डा देउवाले यही १२ गते सम्बोधन गर्नेछन् ।
भ्रमणका क्रममा उनले विभिन्न देशका आफ्ना समकक्षीहरूका साथै संयुक्त राष्ट्रसंघीय निकायका प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । भ्रमणका क्रममा मन्त्री डा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७ देखि २०२९ सम्मको कार्यकालका लागि नेपालले दिएको उम्मेदवारीका पक्षमा समर्थनका लागि पहल गर्नेछन् ।
मन्त्री डा देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगका वरिष्ठ अधिकारीहरू सम्मिलित छन् । उनी यही फागुन १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

बजेट व्यावहारिक र कार्यान्वयनमुखी हुनुपर्छ: सांसदहरु

केही दिनभित्रै गभर्नरको नियुक्ति हुन्छ : सञ्चारमन्त्री गुरुङ

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल

चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस

मानसिक स्वास्थ्य समस्या गम्भीर चुनौतीका रूपमा देखियो: मन्त्री पौडेल

‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुने : प्रधानमन्त्री ओली

दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति

प्रतिक्रिया