साझा प्रकाशनको अध्यक्षमा गिरी

ललितपुर - साझा प्रकाशन प्रकाशनका २५औँ साधारणसभाबाट सञ्चालक समितिको अध्यक्षमा शेखर गिरी सर्वसम्मत चयन भएका छन्।
साधारणसभाले अध्यक्ष र एक महिलासहित तीन सञ्चालक समिति सदस्य, लेखा सुपरिवेक्षण समितिमा सर्वसम्मत नेतृत्व चयन गरेको हो।
प्रकाशनको सञ्चालकमा महिलातर्फ जयन्ता पोखरेल, खुलातर्फ प्रा डा ध्रुव घिमिरे र मनोहर लामिछाने, लेखा सुपरिवेक्षण समिति संयोजकमा वशिष्ठकुमार अधिकारी, सदस्यमा राजकुमार थापा र बसुधा पाण्डे बस्नेत निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका सदस्यसचिव भेषराज घिमिरेले जानकारी दिए।
यसअघि साधारणसभाको उद्घाटन सत्रमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले संस्थागत रूपमा निर्णय गरेर साझाका किताब सहजै बिक्री हुने व्यवस्था गरिनुपर्नेमा जोड दिएका थिए।
नवनिर्वाचित नेतृत्वलाई साझा प्रकाशनलाई चलायमान बनाउन सक्ने क्षमता विकास गर्न सुझाव दिँदै उनले सम्पर्क मन्त्रालयका सबै कागजात छाप्नेगरी विकास गर्न आग्रह गरे।
“म पनि यो संस्थाको सदस्य हुँ, साझाप्रति मेरो हार्दिकता छ, सरकारका सबै पुस्तकालयमा साझा प्रकाशनका किताब हुनुपर्छ”, थपलियाले भने।

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

प्रतिक्रिया