च्याम्पियन्स ट्रफीमा इङ्गल्याण्डमाथि अस्ट्रेलियाको रोमाञ्चक जित

काठमाडौँ - पाकिस्तानको लाहोरमा खेलिएको आईसीसी च्याम्पियन्स ट्रफीको चौथो खेलमा अष्ट्रेलियाले इङ्गल्याण्डलाई हराएर इतिहास रचेको छ ।
जोश इङ्गलिसको अविजित शतकको मद्दतले अस्ट्रेलियाले च्याम्पियन्स ट्रफीको इतिहासमा सबैभन्दा ठूलो लक्ष्य हासिल गरेको हो ।
इङ्ग्ल्याण्डले अष्ट्रेलियालाई जितका लागि ३५२ रनको लक्ष्य दिएको थियो । तर अस्ट्रेलियाले १५ बल बाँकी रहँदा निकै रोमाञ्चक खेलमा यो लक्ष्य हासिल गर्यो ।
अष्ट्रेलियाली टोलीले टस जितेर इङ्ग्ल्याण्डलाई पहिले ब्याटिङ गर्न निम्तो दिएको थियो। इङ्ग्ल्याण्डको सुरुवात राम्रो भएन, उनीहरूले ६ ओभर भित्र दुई विकेट गुमाए ।
तर बेन डकेटको १६५ र जो रुटको ६८ रनले इङ्ल्यान्डलाई ३५१ को स्कोरमा पुर्याउन मद्दत गर्यो । अस्ट्रेलियाका लागि बेन द्वारशिवले तीन विकेट लिए ।
यो लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले पनि २७ रनमा दुई विकेट गुमायो । यद्यपि, सर्टले ६३ र लाबुस्चेनले ४७ रन बनाएर अस्ट्रेलियालाई खेलमा फर्काए ।
यसपछि, इङ्गलिसले केरीसँगै जिम्मेवारी सम्हाले। केरीले ६९ रन बनाए । इङ्गलिसले ८६ बलमा १२० रन बनाएर अविजित रहे र टोलीलाई जित दिलाए । म्याक्सवेल पनि १५ बलमा ३२ रनमा अविजित रहे ।
जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज बहुप्रतिक्षित भारत र पाकिस्तानबीचको खेल हुँदैछ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZiZffgPyab_mus0whtvuw8kfqnzx2acuhzipxpcrdehcvjduwz3yscigczjzbnf7aqzk9kc.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया