गर्भवती भएको खबरमा आँचल स्वयंको फ्याक्टचेक : बच्चा पाउन अझै केही वर्ष छ

काठमाडौं : आँचल शर्मा बोलेर पनि समाचारमा आउँछन् र नबोलेर पनि । केही दिन विपश्यना गएर ज्ञानी भएको दाबी गरेपछि आँचल ट्रोलरको निशानामा परेकी थिइन् । एउटा युट्युब अन्तर्वार्तामा उनले पहिला गरेका सारा गल्ती आफ्नै कमजोरी कारण भएको अभिव्यक्ति दिएपछि आँचलको यो बोली ट्रोलरलाई प्रिय लागेको थियो ।
तर, यो खबरसँगसँगै केही मिडियामा आँचल गर्भवती भएको समाचार पनि फैलियो । समाचार लेख्नेले आँचल पनि प्रियंका कार्की र ऋचा शर्माकै पदचिन्ह पछ्याउँदै गर्भवती बनेको दाबी गरेका थिए । तर, आँचलले शनिबार राति फेसबुकमा स्ट्याटस लेख्दै आफू गर्ववती भएको खबर गलत रहेको स्पष्टिकरण दिएकी छिन् ।
‘ मेरो प्रेग्नेन्सीलाई लिएर थुप्रै समाचार आएका रहेछन् जुन खबर सुनेर म चकित छु । नक्कली खबरले ध्यान त खिच्छ तर यसले अन्ततः उपेक्षा र अविश्वसनीयता सिर्जना गर्छ । कम्तिमा म मेरा शुभचिन्तकलाई भन्न चाहान्छु, यस्तो खबर सुन्न अझै केही वर्ष कुर्नुपर्ने हुन्छ । जब यस्तो केही खबर हुन्छ, सबैभन्दा पहिला म आफैं सेयर गर्छु । त्यसैले फेक समाचारबाट टाढै रहनुहोला,’ उनले लेखेकी छिन् ।
आँचलले अघिल्लो साल मात्र चितवनको उदिप श्रेष्ठसँग प्रेम विवाह गरेकी थिइन् ।

आमिर खानकी आमाले ९१ वर्षमा गरिन् बलिउडमा डेब्यु

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ बाट पनि

कस्तो छ हाउसफुलः ५ ?

दुई हप्तामा नै राजकुमार रावको ‘भुल चुक माफ’ ओटिटीमा रिलिज

आमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

पठानका निर्देशकले अक्षय कुमारसँग हरर फिल्म बनाउने

प्रतिक्रिया