कमल थापा भन्छन्– राज्यसँग युवा मैत्री नीति नहुनु मुलुककै निम्ति दुर्भाग्य

हेटौंडा - राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्यसँग कुनै किसिमको युवा मैत्री नीति नहुँदा देश अधोगतितर्फ गएको जिकिर गरेका छन् ।
आइतबार हेटौंडा उपमहानगरपालिका–९ मा रहेको सिआन पुनःस्थापना केन्द्र अवलोकन गर्दै उनले भने, ‘लाखौ युवाहरु विदेशका सहर र गल्लीमा भौतारिका छन् भने स्वदेशमा भएका ठुलो संख्याका युवाहरु पनि दुर्ब्यवसनको सिकार हुनु मुलुकका निम्ति दुर्भाग्य हो ।’
थापाले दुर्ब्यसनमा फसेकालाई समाजमा पुनर्स्थापित गरी आत्मनिर्भर हुने र सम्मानपूर्वक जीवनयापन गर्ने परिस्थिति निर्माण गर्नु आजको प्रमुख आबश्यकता भएकोमा जोड दिए । दुर्ब्यसनको कुलतमा लागेकालाई नकारात्मक र अपराधको दृष्टिकोणबाट हेर्न जरुरी नभएको भन्दै उनले सकारात्मक दृष्टिका साथ सकारात्मक परिवर्तन गराउन बल गर्नुपर्नेसमेत उनले बताए ।
सिआनले पछिल्लो समय छुट्टै महिला सुधारगृह पनि सञ्चालन गरेकोमा थापाले खुसी ब्यक्त गरे । विभिन्न प्रकारका दुर्व्यसनबाट पीडितहरुको उद्धार र पुनःस्थापनाको निम्ति सिआनले गरेको सेवा अत्यन्त प्रशंसनीय भएको थापाले बताए ।

एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

पार्टीको बारेमा बुझाउन पुस्तकालयको भूमिका महत्त्वपूर्ण हुनेछ : सभापति देउवा

वी.पी.स्मृति अस्पतालद्वारा ४३ औँ वी.पी.कोइराला स्मृति दिवस विविध कार्यक्रमसहित…

सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको छ : सिके राउत

‘कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ’

पार्टीको सिद्धान्त बुझाउन सके पार्टीले बहुमत प्राप्त गर्न सक्छः सभापति देउवा

कांग्रेसका पूर्वपदाधिकारीहरूको निष्कर्षः वर्तमान सरकारले गठबन्धनको भावअनुसार क…

प्रतिक्रिया