यामाहा नेपाल र हेल्मेट्स नेपालबीच व्यापारिक सम्झौता

काठमाडौं - विगत ९ वर्ष देखि हेलमेटको मार्केटमा आफ्नो छुट्टै पहिचान बनाइरहेको "हेल्मेट्स नेपाल" ले यामाहा नेपालसँग व्यापारिक सहकार्यमा सम्झौता गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहा नेपालबीच सम्झौता भएको हो ।
सम्झौता अनुसार अब यामाहा मोटरसाइकलको शोरुमहरूमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ। जहाँ हेल्मेट,सेफ्टी गियर र एसेसोरिजहरु उपलब्ध रहने छन् ।
पहिलो चरणमा काठमाडौँका शोरुमहरू टेकु, महाराजगंज र गठ्ठाघर भक्तपुरमा हेल्मेट्स नेपालको आउटलेटहरू रहने छन् । नक्सालस्थित यामाहाको ब्लुस्क्वायर शोरूममा भने एक्सचेन्जको सुविधा उपलब्ध रहने छ । आगामी दिनहरूमा यो सुविधाहरूलाई थप बिस्तार गर्दै लैजाने कुरा हेल्मेट्स नेपालका प्रबन्ध निर्देशक सजल जोशीले बताए ।
यामाहा नेपाल र हेल्मेट्स नेपालको यो सहकार्यले नेपालमा रोड सेफ्टी र राइडिङ्ग कल्चर अझै परिष्कृत रूपमा परिभाषित हुने विश्वास लिइएको छ । ग्राहकहरूले एउटै छानामुनि मोटरसाइकल, हेल्मेट, सेफ्टी गियर र राइडिङ्ग एसिसोरिजहरुको सुविधा प्राप्त गर्न सक्नेछन् । यस अघि नै आफ्नो २ अत्याधुनिक शो रुममार्फत सेवा प्रदान गर्दै आएको हेल्मेटस् नेपालले अब कुल ६ स्थानहरूबाट सेवा प्रदान गर्नेछ ।

म्याकडोडो ब्रान्डका पाँच नयाँ प्रोडक्टहरू सार्वजनिक, कति पर्छ मूल्य ?

शाओमी १५ अल्ट्रा भव्य रूपमा नेपालमा सार्वजनिक

अन्तर्राष्ट्रियस्तरको स्किन तथा हेयर ट्रिटमन्ट डिभाइस 'भिभाची' को केकी र रेखाद्वा…

एलजीको नि:शुल्क ए.सी. सर्भिस र एक्स्चेन्ज क्याम्प

दराजको ३.३ मार्च म्याडनेस क्याम्पेन, किनमेलमा उल्लेख्य बचत गर्ने अवसर

डीपसीक एलएलएम प्रविधिसँग टेक्नो स्मार्टफोनः अब अझ स्मार्ट, छिटो, र प्रभावकारी ह…

लामिनारद्वारा नेपालकै पहिलो फुल–बडी टाइल ‘सेन्टो’ सार्वजनिक

प्रतिक्रिया