पाकिस्तानमाथि भारतको शानदार जित, विराट कोहलीको शतक

काठमाडौँ- भारतले पाकिस्तानले पराजित गरेको छ । दुबईमा आइतबार समन् आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।
पाकिस्तानले दिएको २४२ रनको लक्ष्य पछाएको भारतले ४२.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
भारतका लागि विराट कोहलीले अविजित १०० रन बनाएका थिए । कोहलीको यो एकदिवसीय क्रिकेटमा ५१ शतक बनाएका छन् । त्यस्तै श्रेयस अय्यरले ५६ र कप्तान रोहित शर्माले ४६ रन बनाए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले ४९.४ ओभरमा अल आउट हुदै २४१ रन बनाएको थियो ।
पाकिस्तानका लागि साउद शाकीलले सर्बाधिक ६२ रन बनाए भने कप्तान मोहमद रिजवानले ४६ रन बनाएका थिए । त्यस्तै खुशदिल शाहले ३८ रन बनाए भने बबर आजमले २३ र सलमान अली अघाले १९ रन बनाएका थिए ।
त्यसैगरी भारतीय बलर कुलदीप यादवले ३ विकेट लिए भने हार्दिक पाण्डेयले २ विकेट लिएका थिए । त्यसैगरी अक्सर पटेल, हर्षित राना र रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए ।
यो जितपछि भारत समुह ए मा २ जितपछि सेमिफाइनलको यात्रा लगभग पक्का भएको छ भने पाकिस्तानले लगातार २ खेलमा हारेर लगभग प्रतियोगिताबाट बाहिरिएको छ । पाकिस्तानले अब बंगलादेशसँग एक खेल खेल्ने छ । सोमबार बंगलादेशविरुद्धको खेल न्यूजील्याण्डले जितेमा पाकिस्तान बाहिरिने छ भने न्यूजील्याण्ड र भारत समुह ए बाट सेमिफाइनलमा पुग्ने छन् ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZiZffgPyab_mus0whtvuw8kfqnzx2acuhzipxpcrdehcvjduwz3yscigczjzbnf7aqzk9kc.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया