च्याम्पियन्स ट्रफीमा आज बंगलादेश र न्यूजिल्याण्ड खेल्दै

काठमाडौँ- जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज समुह ए का बंगलादेश र न्यूजिल्याण्ड खेल्दै छन् ।
पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुदै छ ।
जारी प्रतियोगितामा न्यूजिल्याण्डले पहिलो खेलमा पाकिस्तानलाई पराजित गर्दै विजयी शुरुवात गरेको छ । न्यूजिल्याण्डले यस खेलमा बंगलादेशलाई पराजित गरेमा सेमिफाइनलमा पुग्ने छ । अर्कोतर्फ बंगलादेश भने पहिलो खेलमा भारतसँग हार बेहोरेपछि सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्थामा पुगेको छ ।
समुह ए मा भारतले २ खेलमा जित हासिल गरेर सेमिफाइनलमा लगभग पुगेको छ भने डिफेन्डिङ च्याम्पियन रहेको पाकिस्तानले आफ्ना दुवै खेलमा हार बेहोरेर प्रतियोगिताबाट लगभग बाहिरिएको छ ।
बंगलादेश र न्यूजिल्याण्ड अहिलेसम्म एकदिवसीय क्रिकेटमा ४५ पटक आमने सामने भएका छन् । जसमा न्यूजिल्याण्डले ३३ खेल जितेको छ भने बंगलादेशले ११ खेल जितेको छ । त्यस्तै एक खेलको कुनै नतिजा आएको थिएन । पछिल्लो पटक दुवैबीच २०२३ को डिसेम्बर २३ मा खेल भएको थियो । जसमा बंगलादेश विजयी भएको थियो ।
न्यूजिल्याण्ड यस च्याम्पियन्स ट्रफीको प्रबल दाबेदार देश हो । उत्कृष्ट क्रिकेट खेलिरहेको न्यूजिल्याण्डका खेलाडी उच्च फर्ममा देखिएका छन् । अर्कोतर्फ बंगलादेशले कैयौं पटक ठुला टिमलाई सरप्राइज गर्दै आएको छ ।

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_0wVQ04O9LN_hjgg06u1arem3nbeetepzj6n1kak2wxatdmeevl4ffxpbpjwa9ybp29d0yoq.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

प्रतिक्रिया