कोभिडविरुद्ध दुवै डोज लगाएका नेपाली कतार जाँदा क्वारेन्टीन बस्नु नपर्ने

काठमाडौँ : कोभिडविरुद्धको दुवै डोज खोप लगाएर कतार प्रवेश गर्ने नेपालीले अनिवार्य रूपमा क्वारेन्टीनमा नबस्नु पर्ने भएको छ । खोप लगाएको प्रमाणपत्र पेश गरेमा क्वारेन्टीन बस्न नपर्ने भएको कतारस्थित नेपाली राजदूतावासले जनाएको छ ।
अक्सफोर्ड कम्पनीबाट उत्पादित अष्ट्राजेनिका र जोन्सन एण्ड जोन्सनको खोप लगाएका व्यक्तिहरू समेत क्वारेन्टीन बस्न नपर्ने भएको हो । कोभिड संक्रमणमुक्त भएको १२ महिनाभित्रका मानिसले समेत क्वारेन्टीन बस्नुनपर्ने भएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । खोप नलगाएका व्यक्तिले १० दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्नेछ । होटलमा बस्न नसकेमा १४ दिन मेखाइनीस क्वारेन्टीन बस्नुपर्नेछ ।
कतार यात्रा निस्कनुअघि सरकारी मान्यता पाएको प्रयोगशालाबाट पीसीआर परीक्षण गरेको ७२ घण्टाभित्रको नेगेटिभ रिपोर्ट लिएर जानुपर्नेछ । यात्रा गर्नुअघि १२ घण्टाअघि एहतराज वेभसाइटमा अनलाइनबाट प्रि रजिष्ट्रेसन गरी आवश्यक कागजपत्र अपलोड गरेपछि प्राप्त हुने यात्रा अनुमति पत्र साथमा लिए जानुपर्नेछ ।

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

अष्ट्रेलिया नेपाली कम्युनिटीको (अर्बन) अध्यक्षमा इटहरीका अरूणचन्द्र श्रेष्ठ निर्वाच…

भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा

पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु

एनआरएनएको एकता महाधिवेशनका लागि निर्वाचन समिति गठन

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घ…

प्रतिक्रिया