बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

बंगलादेशले न्यूजिल्याण्डलाई दियो २३७ रनको लक्ष्य

काठमाडौं - बंगलादेशले न्यूजिल्याण्डलाई २३७ रनको लक्ष्य दिएको छ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा बंगलादेशले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाउँदै २३५ रन बनाएको हो । 

बंगलादेशका लागि कप्तान नाजमुल हसन शान्तोले सर्वाधिक ७७ रन बनाएका थिए भने जाकर अलीले ४५, रिशाद होसैनले २६ र तान्जिद हसनले २४ रन बनाएका थिए । 

त्यसैगरी न्यूजिल्याण्डका बलर माइकल ब्रसवेलले सर्वाधिक ४ विकेट लिए भने विल ओ रोउरकेले २ तथा माट हेनरी र कील जामिएसनले एक/एक विकेट लिएका थिए ।