ट्रम्पलाई भेटेपछि म्याक्रोनले भने- शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु हुँदैन

काठमाडौँ- रुस-युक्रेन युद्धको बारेमा छलफल गर्न ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेपछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनमा हुने कुनै पनि शान्ति सम्झौता सुरक्षा ग्यारेन्टीद्वारा समर्थित हुनुपर्ने बताएका छन् ।
राष्ट्रपति म्याक्रोनले युक्रेनमा शान्तिको अर्थ युक्रेनले समर्पण गरोस् भन्ने हुन नहुने बताएका हुन् । पत्रकार सम्मेलनमा उनले भने- 'यो शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु हुँदैन, यसको अर्थ ग्यारेन्टी बिनाको युद्धविराम हुनु हुँदैन ।'
ट्रम्पले युक्रेनमा शान्ति सुनिश्चित गर्ने लागत र व्यय अमेरिकाले मात्र नभई युरोपेली देशहरूले वहन गर्नुपर्ने बताएका थिए ।
ट्रम्पलाई जवाफ दिँदै म्याक्रोनले युरोपले सुरक्षा लागतलाई अझ समान रूपमा बाँडफाँड गर्ने आवश्यकता महसुस गरेको जवाफ दिएका थिए । उनले रुसी आक्रमणको तेस्रो वार्षिकोत्सवमा भएको वार्ताले अगाडि बढ्ने बाटो देखाएको पनि बताए ।
ट्रम्पले आफूले सकेसम्म चाँडो युद्धविराम चाहेको बताउदै यसबारे सहमति भएपछि उनी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रूस जाने बताएका छन्।
ट्रम्प युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि दबाब बढाउदै अमेरिका र युक्रेनबीच खनिज सम्झौता गर्ने अन्तिम तयारीमा रहेका छन् । उता युक्रेन अमेरिकासँग खनिज सम्झौता गरेर रुससँगको युद्धको सहज अवतरणको पक्षमा रहेको संकेत देखिएको छ । हालै जेलेन्स्कीले शान्ति वा नेटोको सदस्यता पाएमा आफू पद त्याग्न तयार रहेको बताउदै यसको संकेत दिएका छन् ।

सिरियामा हिंसा भड्किँदा ९४० बढीको मृत्यु, स्थिति नियन्त्रणबाहिर

दक्षिण कोरियामा भारी वर्षाले १४ जनाको मृत्यु, १२ बेपत्ता
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_yfxZTwJ6rE_rtoxazvnpdp5vvshqka2irfnzv0tpl33lbtumg4nlgsh3rbitt5ouxnis3p6_UzkWE87ZVp_gfxk9jyivympzwglckamxrieufu0nzoluek0abpoahfpehtqo4jdr7ikl0mu.jpg)
इक्वेडरको पर्यटकीय सहरमा पुल बारमा गोली हानी नौ जनाको हत्या

भारतीय प्रधानमन्त्री मोदीले बेलायत र माल्दिभ्सको भ्रमण गर्दै

भ्यानको ठक्करबाट दनुवारको मृत्यु

सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते

युरोपेली राष्ट्र इरानसँग आणविक वार्ताका लागि पुनः तयारीमा

प्रतिक्रिया