झापाको घटनाप्रति क्षमा चाहन्छु : नारायणकाजी श्रेष्ठ

काठमाडौँ- नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनतासँग माओवादी तराई–मधेश जागरण अभियान उद्घाटनका क्रममा आफुलाई बोल्नका लागि अवरोध सिर्जना गर्न खोजिएको बताएका छन् ।
मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रचण्डको आग्रहमा आफुले उद्घाटन समारोहमा बोल्न सुरु गर्दा मनोवैज्ञानिक रुपमा अवरोध गर्ने स्थिति उत्पन्न भएकाले मन्तव्यलाई अघि नबढाएको बताए ।
उक्त घटनालाई सामान्य रुपमा लिन आग्रह गर्दै उनले प्रचण्डको नेतृत्वमा पार्टी पुनर्गठन र एकतावद्ध ढंगले अघि बढाउन प्रतिवद्ध रहेको बताए ।
त्यस्तै उहाले जनतासँग माओवादी तराई–मधेश जागरण अभियानलाई उक्त घटनाले कुनै असर नपर्ने स्पष्ट पारे । श्रेष्ठले पार्टीका नेता, कार्यकता, शुभेच्छुकहरुको भावनालाई सकारात्मक रुपमा लिँदै सार्वजनिक रुपमा नै क्षमायाचना गर्न चाहेको बताए ।
उनले अध्यक्ष प्रचण्डको नेतृत्वमा सुरु अभियान असाधारण ढंगले सफल हुने जिकिर गरे । श्रेष्ठले सरकारले निरंकुश ढंगले अध्यादेश ल्याएको र अध्यादेश देशको हितमा नरहेको धारणा राखे ।

रवि लामिछाने भैरहवा कारागार चलान

भृकुटीमण्डपमा गर्न नदिएपछि राप्रपाको सभा अब बल्खुमा हुने

भृकुटीमण्डपमा सभा गर्न नदिएपछि राप्रपाले बोलायो आकस्मिक बैठक

वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्छ : साह

थाइल्याण्ड भ्रमण : प्रधानमन्त्री ओलीसहित २१ जना जाने

राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने : तपाईंहरू मादल बजाएर आएको हो?

संसद्मा विश्वप्रकाशको प्रश्न : तीनकुने घटनाले सबैलाई दुख्दा निर्मल निवासलाई कि…

प्रतिक्रिया