अफगानिस्तानमा असिना र वर्षाले २९ जनाको मृत्यु

हेरात (अफगानिस्तान)- अफगानिस्तानका दुई प्रान्तमा असिना र भारी वर्षाका कारण २९ जनाको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।
“पश्चिमी फराह प्रान्तमा असिनाका कारण २१ जनाको मृत्यु भयो र अन्य छ जना घाइते भए”, प्रान्तको विपद् व्यवस्थापन विभागका प्रमुख मोहम्मद इजरायल सायरले भन्नुभयो । पीडितहरू पिकनिकमा गएका दुई परिवारका सदस्यहरू रहेको उहाँले बताउनुभयो ।
दक्षिणी कान्दाहारमा स्थानीय विपद् व्यवस्थापन विभागले एक विज्ञप्तिमा भारी वर्षाका कारण विभिन्न स्थानमा महिला र बालबालिका सहित आठ जनाको मृत्यु भएको बताएको छ ।
“आज कपडा धुने काममा व्यस्त चार महिलालाई बाढीको पानीले बगाएर लगेको थियो... र एक महिला मात्र बाँच्न सफल भइन्”, वक्तव्यमा भनिएको छ ।
कान्दाहारमा एक परिवारको छत खस्दा एक बच्चा डुबेको र एक महिला र तीन बालबालिकाको मृत्यु भएको बताइएको छ ।
दशकौँसम्मको युद्धपछि विश्वका सबैभन्दा गरिब देशमध्ये अफगानिस्तान विशेष रूपमा जलवायु परिवर्तनको प्रभावमा परेको छ । वैज्ञानिकहरूका अनुसार यस मुलुकमा चरम मौसमी घटनाहरू बढिरहेका छन् ।
यो जलवायु परिवर्तनप्रति सबैभन्दा बढी संवेदनशील देशहरूको सूचीमा छैटौँ स्थानमा रहेको छ ।
संयुक्त राष्ट्र विकास एजेन्सीका अफगानिस्तानस्थित प्रतिनिधि स्टिफेन रोड्रिक्सले सन् २०२३ मा खडेरी, बाढी, भूमि क्षरण र कृषि उत्पादकतामा गिरावट प्रमुख खतराहरू रहेको बताउनुभएको थियो ।
गत वर्ष मे महिनामा आएको आकस्मिक बाढीले अफगानिस्तानमा सयौँ मानिसको ज्यान लिएको थियो र कृषि भूमिको ठूलो भाग डुबानमा परेको थियो । त्यहाँ ८० प्रतिशत मानिस बाँच्नका लागि खेतीमा निर्भर छन् । (एएफपी)

सिरियामा हिंसा भड्किँदा ९४० बढीको मृत्यु, स्थिति नियन्त्रणबाहिर

दक्षिण कोरियामा भारी वर्षाले १४ जनाको मृत्यु, १२ बेपत्ता
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_yfxZTwJ6rE_rtoxazvnpdp5vvshqka2irfnzv0tpl33lbtumg4nlgsh3rbitt5ouxnis3p6_UzkWE87ZVp_gfxk9jyivympzwglckamxrieufu0nzoluek0abpoahfpehtqo4jdr7ikl0mu.jpg)
इक्वेडरको पर्यटकीय सहरमा पुल बारमा गोली हानी नौ जनाको हत्या

भारतीय प्रधानमन्त्री मोदीले बेलायत र माल्दिभ्सको भ्रमण गर्दै

भ्यानको ठक्करबाट दनुवारको मृत्यु

सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते

युरोपेली राष्ट्र इरानसँग आणविक वार्ताका लागि पुनः तयारीमा

प्रतिक्रिया