गोविन्दाका मेनेजरले भने- सुनिताजीले डिभोर्सको नोटिस पठाउनु भएको छ

मुम्बई- बलिउडका कमेडी र एक्सप्रेशन किंग गोविन्दा आजकाल आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन् ।
गोविन्दाकी श्रीमती सुनिता आहुजाले उनलाई डिभोर्सको नोटिस पठाएको बताइएको छ, जबकी गोविन्दा र सुनिता पछिल्लो ३७ वर्षदेखि सँगसँगै छन्, त्यसैले उनीहरुको सम्बन्धविच्छेदको खबरले सबैलाई हल्लाएको छ ।
यस विषयमा गोविन्दाले आफू अहिले ब्यापारिक कुराकानीमा व्यस्त रहेको बताएका छन् । किनभने, उनी फेरि फिल्ममा काम गर्ने तयारीमा रहेका छन् । उनले समाचारबारे केही भनेका छैनन् । तर, अहिले उनको नजिकका एक व्यक्तिले भने यो सम्पूर्ण मामिलामा सत्यता खोलेका छन् ।
गोविन्दा र सुनिता दुवैले प्रेम विवाह गरेका थिए । यस विवाहबाट उनका दुई सन्तान पनि छन् । गोविन्दा र सुनितालाई धेरै अवसरमा सँगै देखिएका छन् र दुवैले आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गरेका छन् । अब उनको सम्बन्धविच्छेदको खबरको बीचमा गोविन्दाका प्रबन्धकले खुलेर कुरा गरेका छन् र यस विषयमा महत्त्वपूर्ण कुराहरू राखेका छन्।
गोविन्दाका म्यानेजर शशि सिन्हाले स्पष्टीकरण दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सुनिताको भनाइले जनतालाई बोल्ने मौका दिएको उनले बताए । सुनिताले पछिल्ला दिनमा धेरै बयान दिएकी छिन् । यी कथनहरू धेरै अनौठो थिए। यो सबै जनताको ध्यानाकर्षण गराउने माध्यम भएको शशिले बताए ।
भारतीय सञ्चारमाध्यमका अनुसार शशिले गोविन्दाले छुट्टिने सम्बन्धमा कुनै आधिकारिक कदम नचालेको बताए । तर, शशीले सुनिताले नोटिस पठाएको भने जानकारी दिएका छन् ।
सुनिताले अदालतबाट कानूनी नोटिस पठाए पनि यो नोटिसमा के लेखिएको छ र के पठाइएको हो भन्ने पूर्ण जानकारी अहिलेसम्म नखुलेको शशिको भनाइ छ । ‘आधिकारिक सूचना अझैसम्म हामीसम्म पुगेको छैन, सुनिताले भर्खरै विभिन्न किसिमका बयान दिएकी छिन्, जसले गर्दा जनतामा यस्तो अड्कलबाजी भइरहेको छ’ शशिले भने ।
_S7RlkMCfJH_9mzztrlbc3pseqqmpbbqgiryprwfgm4oue3qhisdu5jbssdalndmmkovt4p0_vDjjB4o4g6_yqd0du0rtivrsgrvsdqgb6mawppt87amtbo45wfmlkbjeabrbwj0apdgitkd_Xwrgjic1Zp_5urfgvon55ojhcseoyoxytrien3qn74cx43aizays8hphvcffdhrkr6xqolb.jpg)
सहकारी अपचलनसँग सम्बन्धित चलचित्र ‘महाभोज’ प्रदर्शन हुँदै

क्यामरूनको ‘अवतारः ३’ हुनेछ पान्डोराको सुली परिवारको कथा

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

के घर के डेराः घर नं २, वर्तमान नेपालको अर्थ- सामाजिक चित्र

चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित, नयाँ मिति चाँडै घोषणा गरिने

बुद्ध दर्शनको दस्तावेज – अर्हत्

प्रदीप खनाललाई ‘प्रतीक ढकाल कीर्तिमान यात्राबर सम्मान २०८२’ प्रदान

प्रतिक्रिया