डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाडौं - महाशिवरात्रि पर्वको अवसरमा भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।
सूर्यविनायक नगरपालिका सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो । मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि दर्शनका लागि मन्दिरको चारै वटा ढोका खुला गरिएको थियो ।
अरू दिन मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि शिवरात्रीका दिन भने दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरेर डोलेश्वरमा आफैँले पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको थियो । डोलेश्वर महादेव मन्दिरको दर्शन गर्ने व्यवस्थालाई सहज बनाइएको सूर्यविनायक नगरपालिका वडा नंवर ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले बताए ।
महाशिवरात्रि पर्वका लागि डोलेश्वरमा भारतबाट सयौंको संख्यामा साधुसन्त आएका छन् । डोलेश्वर आएका साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउने र फर्कने बेलामा भेटीको रुपमा यातायात खर्चको व्यवस्थासमेत गरिएको छ । यस्तै भक्तपुर दत्रातयमा पनि शिवरात्रीका अवसरमा भक्तजनको घुइँचो लागेको छ ।

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

सिद्धार्थ बुटिक होटल बौद्धमा ग्रान्ड होली फिएस्टा २०२५, अनिल सिंहको धमाकेदार प्…

प्रतिक्रिया