प्रदेश सरकारका कामको समीक्षा गर्ने कांग्रेस प्रदेश समन्वय विभागको निर्णय
काठमाडौं - नेपाली कांग्रेस प्रदेश समन्वय विभागले प्रदेश सरकारहरूका कामको समीक्षा गर्ने निर्णय गरेको छ । विभागीय प्रमुख कृष्णचन्द्र नेपालीको अध्यक्षतामा पहिलो पटक बसेको विभागको बैठकले संघीयतालाई सुदृढ गर्नका लागि प्रदेश सरकारको भूमिका प्रभावकारी हुनु पर्ने भन्दै देशभरका प्रदेश सरकारले गरेका कामहरूको समीक्षा गरेर प्रभावकारी बनाउनका लागि गर्नु पर्ने सुधार पहिचान गर्नका लागि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकले नेपाली कांग्रेसको प्रदेश संरचनाहरूलाई मजबुत बनाउन संघ प्रदेश र स्थानीय तहको अन्तर सम्बन्ध विकास गर्न तथा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका बीचको सम्बन्धलाई थप कसिलो बनाउन आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
यसको मार्ग पहिचान गरी नेपाली कांग्रेसलाई सुझाव दिन प्रदेश पार्टी संरचना र जनप्रतिनिधिहरूसँग छलफल गर्ने निर्णयसमेत बैठकले गरेको प्रमुख नेपालीले जानकारी दिए ।
_rRUfFU7LAg_iipa0fmbp3a1figd2olcyo0qwapfukk2yonvfcgkrdjag1iarvptzd87s9gd_HROd3jxBQQ_snpdbulydeyiedwjytwtyyso7city4uul4d90stbid9w4is4ybn39rr9utjy.jpg)
चैते दसैँमा कालिका मन्दिरमा पर्यटक बढे

गण्डकी प्रदेशसभामा घरेलु मदिरा वैध गर्नेबारे छलफल
नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र

काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन

घलेगाउँमा ग्रामीण पर्यटन प्रवर्द्धन तथा रजतजयन्ती समारोह हुँदै

महिलाहरुलाई सङ्गीत सीप सिकाउन मादल बजाउने तालिम

औँसी नुहाउन एकैदिन १० हजार तीर्थालु मुस्ताङ भित्रिए

प्रतिक्रिया