१० खेलाडीमा सिमित म्यानचेस्टर युनाइटेडको जित

काठमाडौँ- म्यानचेस्टर युनाइटेडले इप्सिच टाउनलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले इप्स्वीच टाउनलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा माथिस डी लाइट र ह्यारी माग्युरेले एक एक गोल गरेका थिए भने एक गोल इप्स्वीच टाउनका साम मोर्सीले आत्मघाती गोल गरेका थिए । त्यस्तै इप्स्वीचका लागि जाडेन फिलोगेनले दुवै गोल गरेका थिए ।
त्यस्तै यस खेलमा प्याट्रिक डोर्गुले खेलको ४३औं मिनेटमा रातो कार्ड पाएपछि म्यानचेस्टर युनाइटेड १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि म्यानचेस्टर युनाइटेडको २७ खेलमा ३३ अंक भएको छ र लिगमा १४औ स्थानमा रहेको छ । यस्तै इप्स्वीचको २७ खेलमा १७ अंक रहेको छ र लिगमा १८औ स्थानमा रहेको छ ।
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया