आफ्नै फिल्मको हिरोइनको प्रेममा टम क्रुज !

लसएन्जल्स : शनिबार भएको महिलातर्फको विम्बल्डनको फाइनल हाई प्रोफाइल रह्यो । खेल हेर्न एकसेएक सेलिब्रेटी जम्मा भएका थिए । खेल हेर्न बलिउड अभिनेत्री प्रियंका चोपडा पनि पुगेकी थिइन् भने बेलायती राजकुमार र राजकुमारी प्रिन्स विलियम र केट मिडल्टन पनि दर्शकको रुपमा प्याराफिटमा थिए । यही खेल हेर्न मिसन इम्पोसिबल जोडी टम क्रुज र हेले आटवेल पनि मैदानमा उपस्थित थिए ।
तर, अरुभन्दा पनि टम क्रुज र हेले आटवेलको उपस्थितिले धेरैलाई रोमाञ्चक बनाएको छ । किनकि मिसन इम्पोसिबलको सेटदेखि नै दुवैबीच रोमान्स पाकिरहेको खबर व्याप्त थियो । यस्तै हल्लाका बीच दुवैले विम्बल्डनको फाइनलमा एकसाथ उपस्थिति जनाएपछि रिलको प्रेम रियलमा पनि चलिरहेको शंकाले बल पाएको हो ।
फिल्म सुटिङको समयमा नै दुवै एकअर्काको नजिक रहेको बताइएको थियो ।
बेलायती पत्रिका सनले दुवैलाई विभिन्न अवसरमा हात समातेर हिँडेको समाचार छापेको थियो । तर, बीचमा यो हल्ला सामसुम थियो । शनिबार फेरि यो हल्ला सुरु भएको छ । यसअघि पेटे डेभिडसन र फोइभी डेनेभर अनि बेनेडिक्ट कमरवाच र एडी रेडमायनेले पनि विम्बल्डनकै मैदानबाट प्रेममा रहेको जनाउ दिएका थिए । ‘मिसन इम्पोसिबल ७’को केही प्रतिशत सुटिङ बाँकी रहेको छ ।

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

प्रतिक्रिया