दिल्ली क्यापिटल्सको मेन्टर बने केभिन पिटरसन

काठमाडौं - इण्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइजी दिल्ली क्यापिटल्सले इङल्याण्डका पूर्व कप्तान केभिन पिटरसनलाई २०२५ सिजनको लागि आफ्नो मेन्टर नियुक्त गरेको छ । ४४ वर्षीय पिटरसन पहिलो पटक प्रशिक्षकको भूमिकामा हुनेछन् ।
उनी २००९ देखि २०१४ सम्म आइपिएलमा खेलाडीको रूपमा सहभागी थिए । उनले १७ आईपीएल खेलमा कप्तानी पनि गरिसकेका छन् । उनले दिल्लीबाट आइपिएल समेत खेलेका थिए ।
फ्रान्चाइजले ३ महिना अघि आफ्नो कोचिङ स्टाफ परिवर्तन गरेको थियो । त्यसपछि दिल्लीका मुख्य प्रशिक्षक रिकी पोन्टिङ पञ्जाब किंग्समा सामेल भएका थिए ।
दिल्लीले भारतका पूर्व तीव्र गतिका बलर मुनाफ पटेललाई बलिङ प्रशिक्षक नियुक्त गरिएको थियो भने हेमाङ बदानी टोलीको मुख्य प्रशिक्षक र वेणुगोपाल राव क्रिकेट निर्देशक बनेका थिए ।
दिल्ली क्यापिटल्सको टोली २०२१ देखि आईपीएल प्लेअफमा पुग्न सकेको छैन भने आइपिएल शुरु भएदेखिनै उपाधि जित्न नसकेका अहिलेका चार फ्रेन्चाइजी मध्ये दिल्ली पनि एक हो ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_M19cBXr2Wz_hbwpmxl8uzvvzhk3x41hp1em0yuzr1fddzkwkhagieq1gpfzwljkpmccjrgq.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया