दक्षिण सुडानमा खटिएको नेपाली सेनाले रोक्यो सम्भावित झडप

काठमाडौँ : शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ नेपाली सेनाले क्वीबेट क्षेत्रमा हुन लागेको सशस्त्र समूहहरूबीचको सम्भावित झडपलाई रोकेको छ । क्वीबेटमा दुई समूहबीच झडप हुन लागेको खबर पाएसँगै केही मिनेटमा नै उक्त क्षेत्रमा नेपाली सेनाको टोली पुगेर स्थिति नियन्त्रणमा लिएको नेपाली सेनाले जनाएको छ ।
दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसन (अनमिस)ले त्यहाँको स्थानिय बासिन्दाहरूलाई सम्भावित ठूलो जातीय हिंसाबाट जोगाएका हुन् । अहिले तैनाथ रहेको स्थान रुम्बेकबाट करिव ७० किमी उत्तर पश्चीममा अवस्थित गाईवस्तु शिविरमा एक युवकको हत्या भएको विषयलाई लिएर भड्किन लागेको हिंसालाई सेनाले नियन्त्रणमा लिएको हो ।
घटनाको एक दिनपछि उक्त समुदायका करीव ६० जना सदस्यहरूले हतियारहरू जम्मा गरेर उनको मृत्युको बदला लिन शहरतर्फ लागेको अनमिसले जनाएको छ । क्वीबेट इलका नजिकै रहेको गाईवस्तु शिविरमा चोरी गर्न आएको भनिएको कंगोर जातिको एक ब्यक्तिको झडपमा मृत्यु भएको घटनाले कन्गोर तथा अैएल जातिका मानिसहरुबीच हिंसाको रूप लिएको थियो ।
जातिय द्वन्द्वका कारण नरसंहारबाट गुज्रेको उक्त मुलुकमा यस प्रकारका घटनाको पुनराबृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकहरूले पुर्याएको योगदानलाई राष्ट्रसंघबाट उच्च प्रशंसा भएको पनि जनाइएको छ । उक्त शहरमा प्रतिकारका लागि अर्को एक सय जनाको समूह हतियारसहित बसेको सूचना नेपाली सेनाको टोलीले प्राप्त गरेको थियो ।
नेपाली टोलीले तुरुन्त सैनिकहरूको एक पल्टन पठाउँदै उक्त समूहहरूलाई रोकेको थियो । शान्ति सेनाले स्थानीय प्रहरीको सहयोगमा काम गरेको थियो सो समूहले धम्कीको जवाफ पनि दिएका थिए । ‘हाम्रो काम भनेको सुरक्षा अवस्थाको आँकलन गर्नु, सशस्त्र समूहहरुलाई रोक्नको लागि इलाकामा पेट्रोलिङ गर्नु, सुरक्षा उपलब्ध गराउनु र आवश्यक परेमा सर्वसाधारणलाई संरक्षण गर्न हस्तक्षेप गर्नु थियो ।’ सेनाले भनेको छ ।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया