निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा पूर्वमाओवादी

काठमाडौँ : निर्वाचन आयोगको निर्णयविरुद्ध पूर्वमाओवादी केन्द्रका नेताहरू सर्वोच्च अदालतमा जाने निर्णय गरेका छन् । कानुन व्यवसायीमार्फत नै पहिलो चरणमा निर्वाचन आयोग गएको र त्यहाँबाट आफू अनुकूल निर्णय नआएपछि उनीहरू सर्वोच्च अदालत जाने भएका हुन् ।
आइतबार बसेको आयोगको बैठकले पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र वैधानिक रहेकाले दल दर्ता खारेज गर्नुनपर्ने निर्णय गरे लगत्तै पूर्व माओवादीहरूले आफ्ना कानुन व्यवसायीसँगको परामर्शसँगै सर्वोच्च अदालत जाने भएका हुन् ।
माओवादी छाडेर एमालेमा प्रवेश गरेका नेताहरूले आयोगको उक्त निर्णयविरुद्ध सर्वोच्च जाने जानकारी नेता टोपबहादुर रायमाझीले दिए । आयोगको निर्णयलाई हामीले कानुनसम्मत निर्णय भन्न नसकिने पनि उनले बताए । ‘आयोगको यस्ता पूर्वाग्रही निर्णयलाई हामीले अदालतबाट सच्याउने छौँ,’ उनले भने, ‘हामी सल्लाह गरेर तत्काल नै अदालतमा जानेछौँ ।’
माओवादी केन्द्र परित्याग गरी एमालेमा गएका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीलगायतका नेताहरूले दल दर्ता खारेजीको माग गर्दे निवेदन वकिलमार्फत दिएका थिए ।
माओवादीको २०६९ मा अधिवेशन भएर २०७५ एकीकरणको थियो । त्यतिबेला ५ वर्ष पुगेको थिएन । अदालतले गत फाुगन २३ मा छुट्याएको थियो । त्यो बीचको अवधिमा अडिट रिपोर्ट पनि बुझाउने र अन्य प्रक्रिया पूरा गर्दै गएको कारणले गर्दा दल अवैध भएको घेषणा गर्न नमिल्ने निर्णय आयोगले लिएको थियो ।

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

प्रतिक्रिया