'सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट'को टाइटल स्पोन्सरमा शाओमी

काठमाडौँ– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बहुप्रतीक्षित म्युजिकल इभेन्ट “सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट” को टाइटल स्पोन्सर बन्ने घोषणा गरेको छ । यही चैत २५ गते शनिबार भक्तपुरको सल्लाघारी ग्राउण्डमा आयोजना हुने यस विशेष कन्सर्टमा शाओमीको सहभागिताले म्युजिक लभर्सहरूलाई थप उत्साहित बनाएको छ ।
त्यसैगरी शाओमी नेपालले हालै लोकप्रिय गायक सुशान्त केसी र चर्चित अभिनेत्री आना शर्मालाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडरको रूपमा प्रस्तुत गरेको थियो । शाओमीको इनोभेसन, सिर्जनशीलता र समुदायसँग नजिक हुने चाहनालाई प्राथमिकता दिदैँ कम्पनीले यो भव्य संगीत उत्सवलाई समर्थन गरेको बताएको छ ।
सङ्गीत र प्रविधिलाई जोड्ने साझा विचार सहित बनेको शाओमी र सुशान्त केसीको यो सहकार्य नेपाली दर्शकसँग अझ नजिकिन महत्वपूर्ण कदम साबित हुने विश्वास गरिएको छ । यस कन्सर्टले दर्शकहरूलाई अविस्मरणीय अनुभव दिनेछ जहाँ प्रत्यक्ष प्रस्तुतिहरू र शाओमीका नयाँ प्रविधिहरू एकैसाथ झल्किनेछन् ।
शाओमीले सबै सङ्गीतप्रेमीहरूलाई “सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट” मा सहभागी भई यो अद्भुत सहकार्यलाई समर्थन गर्न आमन्त्रण गर्दछ । आगामी दिनमा शाओमी नेपालले अझ रोमाञ्चक अनुभवहरू र प्रविधि–सम्बन्धित कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाएको छ ।

नेपालको पहिलो टाइल्स कम्पनीले आफ्नो चौथौं वार्षिक साधारण सभा थाइल्यान्डमा गर्दै

एनसेलले ल्यायो 'बिज सधैं अन' मा मनसुन बिजनेस अफर

हाम्रो पात्रोले अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स प्राप्त गर्यो

धादिङकी पार्वती बनिन् एनसेल करोडपति

बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई भोल्भो आइसरको “सर्वश्रेष्ठ वितरक-दक्षिण एसिया…

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव प…

इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो

प्रतिक्रिया