नेपाल लाइफद्वारा 'छुट्ला है छुट' योजना सार्वजनिक

काठमाडौँ- नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “छुट्ला है, छुट” योजना सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत यस कम्पनीका बीमितहरुले भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरि १८० दिन भन्दा माथि व्यतित भएका बीमालेखहरुमा मिति २०८१/११/१५ देखि २०८२/०२/१३ गते सम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी २५ औं वर्षमा प्रवेश गर्दै गरेको अवसरमा यो आकर्षक योजना सार्वजनिक गरिएको बताए । उनले बीमितहरूको हितलाई मध्यनजर गर्दै यो विशेष योजना एक पटकको लागि सार्वजनिक गरिएको र व्यतित भएका बीमालेखहरु समयमा नै नविकरण बीमाशुल्क भुक्तानी गरी बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुटको लाभ उठाउन आग्रह गरेका छन् । साथसाथै बीमालेखलाई निरन्तरता प्रदान गर्दै जोखिम हस्तान्तरण गरी ढुक्कका साथ जीवनयापन गर्न आग्रह गरे ।

बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पोखरेलले लिइन् शपथ

नेपाल लाइफ इन्स्योरेन्सका निर्वाचित ३ संचालकद्वारा पदबहाली

एलआइसी नेपालको सेयर लिलामी भर्ने आज अन्तिम दिन

'जोखिमलाई व्यवस्थापन गर्ने स्मार्ट उपाय'

नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड,२०२५ समारोह भव्यता पूर्वक सम्पन्न

नेपाल लाइफ क्यापिटलको साधारण सभा : सञ्चालक समितिको अध्यक्षमा लामिछाने

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा नेपालभरी सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सम्पन्न

प्रतिक्रिया