२७ दिनपछि लुम्बिनीमा बजेटमाथि छलफल सुरु हुँदै

बुटवल : संसद अवरोधका कारण २७ दिनपछि लुम्बिनी प्रदेश सभामा बजेटमाथि छलफल भएको छ । बजेट प्रस्तुत भएको २७ दिनपछि बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले विनियोजन विधेयक टेबुल गरे ।
यसअघि प्रतिपक्षी दलहरूले सदन अवरोध गर्ने बताए पनि माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले संसदमा भनाई राखेपछि सदन नियमित कारबाहीमा प्रवेश गरेको हो । प्रतिपक्षी दलले असार ६ गते अवरोध गरेपछि असार ९ सम्म स्थगित भएको थियो । गत असार ९ मा सूचना टाँस गरी बैठक स्थगित भएको थियो ।
बजेटमाथिको छलफल शुरु भएपनि यसलाई पास गर्ने विषयमा दलहरुबीच सहमति जुट्न सकेको छैन । बैठकमा विनियोजन विधेयक प्रस्तुत गरेका अर्थमन्त्री चौधरीले सरकारले सबै पक्षलाई समेट्ने गरी बजेट ल्याएको भन्दै बचाऊ गरे ।
उनले प्रदेश सभाका सदस्यहरुको सहयोगमै बजेट पास हुने पनि बताए । मुख्यमन्त्री शंकर पोख्रेल केन्द्रीय राजनीतिका विषयमा छलफल गर्न काठमाडौँ केन्द्रित भएपछि बजेट पास हुने विषय अन्योलमा पारेको हो ।

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

प्रतिक्रिया