आइतबार १८ जेठ, २०८२
Sunday, June 01, 2025

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं - कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ । 

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा रहेको युनाइटेड नेसन्स अर्गनाइजेसन स्टाबीलाइजेसन मिसन इन द डेमोक्रेटिक अफ कंगो मिसनमा तैनाथ हुन जाने श्री चण्डीदल गण ३१औं डफ्फाको १६२ जना नेपाली शान्ति सैनिकहरूको छैठौ तथा अन्तिम टोली सेनानी रत्न बहादुर श्रेष्ठको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड विमानद्वारा मिति २०८१ फाल्गुण १६ गते मिसन इलाका प्रस्थान गरेको छ ।

मिसन कंगोमा नेपाली सेनाको एउटा गण, दुईवटा गुल्मका साथै स्टाफ तथा सैनिक पर्यवेक्षक सहित १,१४९ जना शान्ति सैनिकहरू कार्यरत छन् ।