मंगलबार २६ चैत, २०८१
Tuesday, April 08, 2025

दराजको ३.३ मार्च म्याडनेस क्याम्पेन, किनमेलमा उल्लेख्य बचत गर्ने अवसर

काठमाडौँ –नेपालकै अग्रणी अनलाइन शपिङ गन्तव्य, दराज नेपालले ३.३ मार्च म्याडनेस क्याम्पेनको घोषणा गरेको छ । ग्राहकहरूले यस क्याम्पेन अन्तर्गत ६०% सम्मको छुट, निःशुल्क डेलिभरी, र ५० लाख रुपैयाँ बराबरको भाउचरहरु प्राप्त गर्न सक्नेछन् । फागुन १९ देखि फागुन २३ सम्म चल्ने यस क्याम्पेनले नेपाली ग्राहकहरूलाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

क्याम्पेन अवधिभर, दराजका ग्राहकहरूले फ्ल्याश सेल मार्फत दैनिक रूपमा आकर्षक छुटहरुको लाभलिन सक्नेछन् । यस अन्तर्गत, ग्राहकहरूले सिताफिल, अइविबी, डा. केयर लगायतका विभिन्न ब्रान्डहरूमा ६०% सम्मको आकर्षक छुट पाउनेछन् । सिमित अवधिका लागि मात्र उपलब्ध हुने यी अफरहरू हरेक दिन अपडेट गरिने जानकारी कम्पनीले दिएको छ । तसर्थ, ग्राहकहरूलाई दराज एपको “फ्ल्याश सेल“ सेक्शन नियमित रूपमा जाँच गर्न कम्पनीले अनुरोध गरेको छ ।

त्यसैगरी, बेस्ट प्राइस ग्यारेन्टी, बीपीजी कार्यक्रम अन्तर्गत ग्राहकहरूले थप आकर्षक अफरहरुको अनुभव प्राप्त गर्न सक्नेछन् । यस कार्यक्रम अन्तर्गत, यदि कुनै ग्राहकले नेपालकै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजमा दिइएको भन्दा सस्तो मूल्यमा फेला पार्छन् भने, दराजले मूल्य अन्तरको दोब्बर रकमफिर्ता गर्ने जानकारी दिइएको छ । तर, यसका लागि दावी योग्यतार मापदण्ड अनुरूप हुनु पर्नेछ ।

३.३ क्याम्पेनको अर्को प्रमुख आकर्षणका रुपमा निःशुल्क डेलिभरी सुविधारहेको छ । यस अन्तर्गत ग्राहकहरूले कम्तीमा रु. ४९९ को खरिद गर्दा चुनिएका विक्रेताहरूबाट निःशुल्क डेलिभरी सुविधा प्राप्त गर्ने छन् । निःशुल्क डेलिभरीका भाउचरहरू प्राप्त गर्न, दाराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानर माक्लिक गरी निर्धारित पृष्ठमा जान सक्ने दराजले जानकारी दिएको छ ।

३.३ क्याम्पेन, केवल छुट र बचतका लागि मात्र भनइ, उपभोक्ताहरुलाई उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्ने उद्देश्यका साथ आयोजना गरिदै आइ रहेको कम्पनीको भनाइ छ । क्याम्पेन अन्तर्गत स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो तथा वेयरेवल्स, फर्निचर, घर सजावट र अन्य विविध उत्पादनहरूमा अविश्वसनीय अफरहरू उपलब्ध रहने जानकारी दिइएको छ ।

दराज नेपालदद्वारा आयोजना हुनलागेको ३.३ क्याम्पेनबारे थप जानकारीका लागि www.daraz.com.np, दराज नेपालको फेसबुक पेज वा दराज एपब्राउज गर्न कम्पनीका कम्युनिकेशन म्यानेजर प्रारम्भ दाहालले जनानकारी दिएका छन् ।