प्रदेशसभाः विधेयक पेस

विराटनगर - कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक’ सभामा पेस भएको छ ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सो विधेयक सभामा पेस गरे । उक्त विधेयकलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भयो ।
मन्त्री भण्डारीले प्रदेशमा संकटग्रस्त सहकारी संस्थालाई समिति बनाएर हस्तान्तरण, निजामती कर्मचारी ऐनमा भएको प्राविधि त्रुटिलाई सच्याउन र विपद्का कारण क्षति भएको संरचनालाई पुनःनिर्माण गर्न यो विधेयक आवश्यक रहेको जानकारी दिए ।
कोशी प्रदेशसभाको आजको बैठकको शून्य समयमा प्रदेशसभा सदस्यहरू विनोद राई, गोविन्द गिरी, गणेशप्रासद उप्रेति, सपना दर्जी, प्रेमराज थाम्सुङ, गोपालबहादुर विश्वकर्मा, कमलप्रसाद जवेगु र राधाकृष्ण खनालले आ–आफ्ना निर्वाचन क्षेत्रमा रहेका समस्याका बारेमा सदनको ध्यानाकर्षण गराएका थिए ।
प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

कोशी प्रदेश सरकारः परिमार्जित योगदानमूलक विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति

पहिरोले घर पुरिँदा चार जना घाइते

तरकारी र दूध बेचेर मासिक एक लाख आम्दानी

तिलाहारमा बेठीका साथ रोपाइँ

तिम्ल्याहाले घरमै पाए नागरिकता

अवैध लागूऔषधसहित नौ जना पक्राउ

कोशी प्रदेशको पर्यटन प्रबर्धनका लागि देशका विभिन्न शहरमा रोड सो

प्रतिक्रिया