अमेरिकामा पक्राउ परेका थापा केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग छन्- रास्वपा

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का केन्द्रीय सदस्य मोहन जंग थापा अमेरिकन इमिग्रेसनको हिरासतमा परेका छन् ।
यस विषयमा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले थापाले यस अघिनै आफूले केही व्यक्तिगत कानुनी प्रक्रियाहरू स्पष्ट र समाधान गर्नुपर्ने भएको र सो किनारा नलागेसम्मको लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएर गएको जानकारी दिएका छन् ।
अमेरिकामा रहेका थापा केही दिन अघि पक्राउ परेका हुन् । अघिल्लो साता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया विमानस्थलबाटै पक्राउ परेका थापालाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको बताइएको छ । थापा रास्वपामा सभापति लामिछानेको नजिकका नेता हुन् ।
थापालाई कुन अपराधमा पक्राउ गरिएको हो भन्ने विषय खुलिसकेको छैन । अमेरिकामा रहँदा अराजक गतिविधि गर्नेमध्येका एक थापाले केही समय अघि राष्ट्रसंघको महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवा न्यूयोर्क गएका बेला कालो झण्डा र जुत्ताको माला देखाउने भन्दै फेसबुकबाट उर्दी जारी गरेका थिए । थापा केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग घरेको घटनामा मुद्दा चलेर जेलसमेत बसेका थिए । त्यसपछि उनको अमेरिकी नागरिकता रद्द भएको थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया