स्थायी कमिटी नराख्ने एमालेको निर्णय, पदाधिकारी पनि घटायो

काठमाडौं - नेकपा एमालेले जनसंगठनमा स्थायी कमिटी नरहने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने निर्णय गरेको हो ।
सचिवालय बैठकको निर्णय सुनाउँदै महासचिव शंकर पोखरेलले भने- 'जनसंगठनमा केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय रहने व्यवस्था थियो । स्थायी कमिटीको व्यवस्था अन्त्य गरेर केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने निर्णय गरेका छौं ।'
साथै कमिटीको संख्या घटाउने निर्णय पनि उनले बताए । जनसंगठनले आफ्नो विधानबाट यो निर्णय कार्यान्वयन गर्ने उनको भनाइ छ । एमालेले जनसंगठनको केन्द्रीय कमिटी ९९ देखि १५० जनासम्मको बनाउने र सबै जनसंगठनका पदाधिकारी ९ जनामा सीमित गर्ने निर्णय गरेको बुझिएको छ ।
त्यस्तै बैठकले एमाले नेताले विदेश भ्रमण जानुपूर्व पार्टीसँग अनुमति लिनुपर्ने, फर्किएपछि रिपोर्ट तयार पार्नुपर्ने निर्णय पनि गरेको महासचिव पोखरेलले जानकारी दिएका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया