‘विकास र समृद्धिका लागि रणनीतिक योजना आवश्यक’

विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रणनीतिक योजना बनाएर नेपालको पर्यटन क्षेत्रमा लगानी गरे मुलुकले छिट्टै नै विकास र समृद्धि हासिल गर्ने बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सभा हलमा आज आयोजित कार्यक्रममा नेपाल उद्योग तथा व्यवसायी महासंघ कोशी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले भने, ‘यस प्रदेशमा पर्यटनको प्रचुर सम्भावना र अवसर छ, यसलाई समयमै उपयोग गर्न सक्नुपर्छ ।’
छिमेकी मुलुक भारत र चीनको जनसङ्ख्यालाई ध्यानमा राखेर धार्मिक पर्यटकीयस्थलमा लगानी गर्न आवश्यक रहेको उल्लेख गरे । ‘पर्यटक हाम्रा पाहुना मात्र नभएर पुँजी निर्माणका आधार पनि हुन्, ‘उनले भने ।
‘नेपाल शान्तिप्रिय र सुरक्षित रहेको सन्देश दिन सक्यौँ भने हामी सहजै समृद्धितर्फ अगाडि बढ्न सक्छौँ, ‘मुख्यमन्त्री कार्कीले भने । उनले प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलन सफल पार्न आह्वान गरे।

कोशी प्रदेश सरकारः परिमार्जित योगदानमूलक विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति

पहिरोले घर पुरिँदा चार जना घाइते

तरकारी र दूध बेचेर मासिक एक लाख आम्दानी

तिलाहारमा बेठीका साथ रोपाइँ

तिम्ल्याहाले घरमै पाए नागरिकता

अवैध लागूऔषधसहित नौ जना पक्राउ

कोशी प्रदेशको पर्यटन प्रबर्धनका लागि देशका विभिन्न शहरमा रोड सो

प्रतिक्रिया